बाँके,फागुन ५ । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्याइरहेका छन् । नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी व्यक्तिलाई सक्कलीसँग नक्कली नोट साट्न लगाएर नक्कली नोटलाई बजारमा पठाएका छन् । बाँके प्रहरीले पछिल्लोपटक समातेका तीन जनाको भनाइका अनुसार नेपालगञ्ज बजारमा छ्याप्छ्याप्ती नक्कली नोट […]