बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि हुन्छ । राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ […]