काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो । चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापामारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ […]