उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ । गत आव २०७७/७८ को तुलनामा स्वदेशी र विदेशी लगानीको प्रस्ताव ६० दशमलव ९५ प्रतिशतले बढेको छ । उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्ममा साना, मझौला र ठूला उद्योग गरी कुल १५४ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी रू. १ खर्ब ८६ अर्ब रहेको छ । यो लगानी र उद्योग दर्तामा स्वदेशी र विदेशी दुवैखाले पर्छन् । यही अवधिमा गतवर्ष भने कुल उद्योग दर्ता संख्या १०३ र कुल लगानी प्रस्ताव रू. ७२ अर्ब ६२ करोड थियो । विभागका अनुसार चालू आवको दोस्रो चौमाससम्ममा विदेशी लगानीका १२९ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी भने रू. ३० अर्ब ५६ करोड छ । गतवर्ष यही अवधिमा यस्ता उद्योगको दर्ता संख्या १२३ थियो भने लगानी प्रस्ताव रू. २३ अर्ब ४७ करोड थियो । विदेशी लगानीकर्ता ठूला उद्योगभन्दा पनि साना उद्योग दर्ता र लगानीमा बढी केन्द्रित देखिएको विभागको तथ्यांकले देखाउँछ । चालू आवको यो अवधिमा जम्मा दुईओटा ठूला उद्योग दर्ता भएका छन् भने गतवर्ष पनि दुईओटा नै ठूला उद्योगको प्रस्ताव आएको थियो । तर, तुलनात्मक रूपमा साना उद्योगमा विदेशी लगानीकर्ताले लगानी प्रस्ताव र दर्तामा भने उल्लेख्य चासो रहेको देखिन्छ । चालू आवको यो अवधिमा वैदेशिक लगानीका उद्योग दर्तामध्ये ९० ओटा उद्योग साना उद्योगमा दर्ता छन् भने गतवर्ष यस्ता उद्योग दर्ताको संख्या ११९ थियो । यो वर्ष मझौला उद्योग दर्तामा भने गतवर्षभन्दा सुधार देखिएको छ । यो वर्ष विदेशी लगानीका ३७ ओटा मझौला उद्योग दर्ता भएका छन् भने गतवर्ष जम्मा दुईओटा मझौला उद्योग दर्ता भएका थिए । वैदेशिक लगानी स्वीकृत गरी कार्यान्वयनमा आउँदा ८ हजार १४६ जनाले रोजगारी पाउनेछन् । कुल स्वदेशी र विदेशी लगानीका उद्योग सञ्चालनमा आउँदा भने कुल १३ हजार ७४८ ले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित सामग्री

वैदेशिक लगानी प्रतिबद्धता: उद्योग दर्ता संख्या बढ्यो प्रतिबद्धता रकम घट्यो

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले गर्नेे प्रतिबद्धता घटेको देखिएको छ । उद्योग दर्ता र लगानी प्रतिबद्धताको रकम उद्योग विभागबाट स्वीकृत गराउँदै आएका विदेशी लगानीकर्ताले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा कम लगानी स्वीकृति गराएका हुन् । प्रतिबद्धता रकम घटे पनि दर्ता हुने उद्योगको संख्या भने तुलनात्मक रूपमा बढी छ । उद्योग विभागले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार लगानी प्रतिबद्धता रकम १५ अर्ब ७५ करोड रुपैयाँले घटेको छ । उद्योग दर्ता संख्या भने बढेको छ । गत आवमा ३२७ ओटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ मा उद्योग दर्ता संख्या २९५ थियो । विभागका अनुसार गत आवमा ३२७ ओटा उद्योग दर्ता हुँदा ३८ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागमा दर्ता र लगानी स्वीकृत भएका उद्योग सञ्चालनमा आउँदा मुलुकमा थप १७ हजार १२ जनालाई रोजगारीको अवसर प्राप्त हुने देखिन्छ । अघिल्लो आव २९५ उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता ५४ अर्ब १५ करोड रुपैयाँ थियो । प्रस्तावित रोजगारी १६ हजार ९०५ थियो ।  विदेशी लगानीकर्ताहरू सानो स्केलका उद्योगमा लगानी गर्न बढी उत्साहित रहेको देखिन्छ । यो क्रम गत आवमा पनि दोहोरिएको छ । गत वर्ष ३२७ उद्योग दर्ता हुँदा साना स्केलका उद्योगको संख्या २९७ छ । अघिल्लो आवमा यस्ता २१७ उद्योग दर्ता भएका थिए । सरकारले विदेशी लगानीमा कायम गरेको न्यूनतम थ्रेसहोल्डका कारण उद्योग दर्ता संख्या बढेको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार लगानी रकम भने कम छ । सरकारले यस्तो थ्रेसहोल्ड पटक–पटक संशोधन गर्दै आएको छ । फलस्वरुप विदेशी लगानीकर्ता थ्रेसहोल्डभित्रै रहेर परियोजना स्वीकृत गराउन बढी केन्द्रित भएको विभागको तथ्यांकले देखाउँछ । सरकारले पछिल्लोपटक २०७९ असोजमा विदेशी लगानीको थ्रेसहोल्ड घटाएर २ करोड रुपैयाँ कायम गरेको छ । यसअघि २०७६ जेठमा सरकारले यस्तो सीमा ५ करोड रुपैयाँ तोकेको थियो । त्यसअघि विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँ थियो ।  उद्योग विभागको तथ्यांक हेर्दा विदेशी लगानीकर्ताले यही सीमामा रहेर लगानीका परियोजना प्रस्ताव गर्ने र स्वीकृत गराउने गरेको देखिन्छ । गत आवमा मझौला उद्योग २५ र साना स्केलका उद्योग ५ ओटा दर्ता भएका छन् ।  विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा बढी इच्छुक देखिन्छन् । गत आवमा सोही क्षेत्रमै बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार विदेशी लगानीका उद्योग दर्तामध्ये ३४ दशमलव ४१ प्रतिशत पर्यटन क्षेत्रका छन् ।  पर्यटन क्षेत्रपछि विदेशीको आकर्षण सेवाक्षेत्रमा छ । तेस्रो स्थानमा उत्पादनमूलक क्षेत्रका उद्योग दर्ता भएका छन् । आइसीटीमा १६ दशमलव ५ र ऊर्जा तथा कृषिक्षेत्रमा १ प्रतिशत उद्योग दर्ता भएका छन् ।

उद्योगमा बढ्यो लगानी प्रतिबद्धता

स्वदेशी र विदेशी लगानीका उद्योग दर्ता गर्ने क्रम बढिरहेको छ । उद्योग विभागको दुई आर्थिक वर्षको तथ्यांकले उद्योगको संख्यासँगै विदेशी लगानी स्वीकृतिसमेत बढेको देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा साना, मझौला र ठूला गरी जम्मा २०३ उद्योगले १ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएका थिए । तर आर्थिक वर्ष ०७८/७९ मा ३०९ वटा उद्योगमा ३ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यसले उद्योगको दर्तासँगै लगानीमा प्रतिबद्धतासमेत बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ ।

उद्योगमा लगानी प्रस्ताव ९१ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ चैत मसान्तसम्ममा उद्योगमा लगानीको प्रस्ताव उल्लेख्य बढेको छ । स्वदेशी र विदेशी लगानीमा दर्ता भएका कुल २३२ उद्योगमा प्रस्तावित लगानी गतवर्षको तुलनामा ९१ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  उद्योग विभागका अनुसार चालू आवको ९ महीनामा स्वदेशी र विदेशी लगानीमा सञ्चालन गर्ने गरी दर्ता भएका ती उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको हो । गत आव २०७७/ ७८ मा भने यस्तो लगानी प्रस्ताव १ खर्ब ३९ अर्ब रुपैयाँ थियो । उद्योग दर्ता संख्या १६९ थियो । विभागको तथ्यांकले उद्योगको दर्ता संख्या र लगानी वृद्धि देखाउँछ । दर्ता भएका स्वदेशी तथा विदेशी उद्योग सञ्चालनमा आएमा २१ हजार ६२३ जनाले रोजगारी पाउनेछन् ।  विभागका अनुसार चालू आवमा स्वदेशी तथा विदेशी लगानीका साना उद्योग दर्ता बढी छ । दर्ता भएका उद्योगमा ८३ ओटा साना छन् । मझौला ८२ र ठूला ६७ उद्योग दर्ता भएका छन् ।  यसैगरी, चालू आवको नौ महीनामा वैदेशिक लगानी प्रस्तावमा पनि सुधार देखिएको छ ।  विभागका अनुसार गत साउनदेखि चैतसम्मको नौ महीनामा वैदेशिक लगानीका १५५ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३३ अर्ब ४२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ । गतवर्ष सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । पोहोर उक्त अवधिमा साना, ठूला र मझौला गरी १४२ ओटा उद्योग दर्ता भएका थिए । गतवर्षको तुलनामा दर्ता र लगानी प्रस्ताव दुवै बढेसँगै रोजगारी पनि बढ्ने देखिएको छ । यसैगरी, ट्रेडमार्क दर्ता संख्यामा पनि वृद्धि देखिएको छ । चालू आवमा २ हजार ३५६ ट्रेडमार्क दर्ता भएका छन् । पोहोर यो अवधिमा २ हजार ७१ दर्ता ट्रेडमार्क भएका थिए । विभागका निर्देशक भक्तराज जोशीले जलविद्युत्, पर्यटन र ठूला लगानीका केही इन्भेष्टमेन्ट कम्पनी समेत दर्ता हुँदा यसपालि लगानी बढेको बताए । सरकारले लिएको उद्योगलाई सहजीकरण गर्ने नीति, औद्योगिक वातावरणका साथै एकल विन्दु सेवा केन्द्रका कामले उपलब्धि दिन थाल्दा लगानी बढेको उनको भनाइ छ ।  सरकारले पटकपटक लगानी सम्मेलनहरू गरेको र लगानीका लागि रेड कार्पेट बिच्छ्याएको सन्देश दिइरहेकाले पनि विदेशी लगानीको प्रस्ताव बढेको उनको दाबी छ । तुलनात्मक रूपमा कोभिड–१९ संक्रमण अवधिमा पनि वैदेशिक लगानी राम्रो आएको र सरकारले लिएका औद्योगिक नीतिका कारण स्वदेशी लगानी प्रस्ताव पनि उल्लेख्य वृद्धि देखिएको उनको भनाइ छ ।

वैदेशिक लगानी प्रतिवद्धता बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १ सय ५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् । गत वर्षभन्दा चालु आर्थिक वर्षमा ५१ वटा बढी उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार यो अवधिमा ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग दर्ता भएका छन् । […]

उद्योग दर्ता पोहोर भन्दा अहिले बढ्यो, झन्डै दुई खर्ब रुपैयाँको लगानी प्रस्ताव

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् । यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ ...

एक वर्षमा दुई सय ४३ उद्योग दर्ता, दुई खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता

सन् २०२१ मा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब बढ्यो  कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सन् २०२१...

लघु, घरेलु तथा साना उद्योग दर्ता ७० प्रतिशत बढ्यो

दोस्रो लहरको कोरोना संक्रमण मत्थर भएसँगै लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक देखिएको छ । यस किसिमका उद्योग दर्ता गर्ने संख्या पनि ७० प्रतिशत बढेको उद्योग विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका छन् । यो संख्या आर्थिक वर्ष ०७७/७८ मा बढेको छ । जसअनुसार एक खर्ब ८५ अर्ब २० करोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

गत आवमा लगानी प्रस्ताव २.६३% ले बढ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २ दशमलव ६३ प्रतिशतको झीनो वृद्धि देखिए पनि वैदेशिक लगानीमा भने १५ दशमलव २९ प्रतिशतको संकुचन देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा प्रस्तावित वैदेशिक लगानीमा १५ दशमलव २९ प्रतिशतले कमी आएको छ । उक्त वर्ष यस्तो प्रस्तावित लगानी रू. ३२ अर्ब २ करोडमा सीमित भएको थियो । यसको आव २०७६/७७ मा यस्तो लगानी रू. ३७ अर्ब ८० करोड थियो । प्रस्तावित वैदेशिक लगानीका साथसाथै उद्योग दर्ता संख्यामा पनि कमी देखिएको छ । गत आर्थिक वर्षको अघिल्लो वर्ष ३४४ उद्योग दर्ता भएकोमा गत आर्थिक वर्षमा जम्मा १८३ उद्योग दर्ता भएका हुन् । स्वदेशी तथा विदेशी गरी कुल रू. १ खर्ब ५६ अर्ब ६४ करोडका २०३ ओटा उद्योग दर्ता भएका छन् । यीमध्ये वैदेशिक लगानीका उद्योगहरू १८३ ओटा छन् । यसको अघिल्लो आर्थिक वर्षमा कुुल २७७ उद्योग दर्ता हुँदा रू. १ खर्ब ५२ अर्ब ६२ करोड लगानीको प्रस्ताव उद्योग विभागमा आएको थियो । यसमा वैदेशिक लगानीका २२३ उद्योग थिए । प्रस्तावित लगानी रू. ३७ अर्ब ८० करोड थियो । उद्योग विभागको तथ्यांकअनुसार कोरोनाका २ आर्थिक वर्षमा भन्दा त्यसको अघिल्ला २ आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा कुल लगानी अंश बढी देखिएको छ । २०७४/७५ मा स्वदेशी तथा विदेशी लगानीको प्रस्ताव रू. ३ खर्ब ४९ अर्ब देखिएको छ भने वैदेशिक लगानी प्रस्ताव पनि उल्लेख्य देखिन्छ । यो वर्ष प्रस्तावित वैदेशिक लगानी रू. ५५ अर्ब ६१ करोड थियो । यसैगरी २०७५/७६ कुल ४३९ उद्योग दर्ता हुँदा प्रस्तावित स्वदेशी तथा विदेशी लगानी रू. २ खर्ब ८३ करोड थियो । वैदेशिक लगानी यस आर्थिक वर्षमा भन्दा कोरोनाका २ आर्थिक वर्षमा बढी आएको छ । विभागका अनुसार उक्त वर्ष वैदेशिक लगानीको प्रस्ताव रू. २५ अर्ब ४७ करोड थियो । यसको तुलनामा कोरोना कालका आर्थिक वर्षमा वैदेशिक लगानी प्रस्ताव बढेको विभागको तथ्यांकले देखाउँछ । विभागका महानिर्देशक जीवलाल भुसालले कोरोनाकै कारण अघिल्लो वर्षभन्दा यो वर्ष लगानी प्रस्तावमा केही अन्तर आएको बताए । तर, अहिलेको अवस्थामा वैदेशिक लगानी प्रस्तावलाई सकारात्मक मानिएको उनको भनाइ छ ।