स्वदेशी र विदेशी लगानीका उद्योग दर्ता गर्ने क्रम बढिरहेको छ । उद्योग विभागको दुई आर्थिक वर्षको तथ्यांकले उद्योगको संख्यासँगै विदेशी लगानी स्वीकृतिसमेत बढेको देखाएको छ । आर्थिक वर्ष ०७७/७८ मा साना, मझौला र ठूला गरी जम्मा २०३ उद्योगले १ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएका थिए । तर आर्थिक वर्ष ०७८/७९ मा ३०९ वटा उद्योगमा ३ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यसले उद्योगको दर्तासँगै लगानीमा प्रतिबद्धतासमेत बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ ।