दोस्रो लहरको कोरोना संक्रमण मत्थर भएसँगै लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक देखिएको छ । यस किसिमका उद्योग दर्ता गर्ने संख्या पनि ७० प्रतिशत बढेको उद्योग विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका छन् । यो संख्या आर्थिक वर्ष ०७७/७८ मा बढेको छ । जसअनुसार एक खर्ब ८५ अर्ब २० करोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।