उद्योगमा लगानी प्रस्ताव ९१ प्रतिशत बढ्यो,वैदेशिक लगानी प्रस्ताव पनि पोहोरको तुलनामा बढि

बैशाख ६, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ चैत मसान्तसम्ममा उद्योगमा लगानीको प्रस्ताव उल्लेख्य बढेको छ । स्वदेशी र विदेशी लगानीमा दर्ता भएका कुल २३२ उद्योगमा प्रस्तावित लगानी गतवर्षको तुलनामा ९१ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  उद्योग विभागका अनुसार चालू आवको ९ महीनामा स्वदेशी र विदेशी लगानीमा सञ्चालन गर्ने गरी दर्ता भएका ती उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको हो । गत आव २०७७/७८ मा भने यस्तो लगानी प्रस्ताव १ खर्ब ३९ अर्ब रुपैयाँ थियो । उद्योग दर्ता संख्या १६९ थियो । विभागको तथ्यांकले उद्योगको दर्ता संख्या र लगानी वृद्धि देखाउँछ । दर्ता भएका स्वदेशी तथा विदेशी उद्योग सञ्चालनमा आएमा २१ हजार ६२३ जनाले रोजगारी पाउनेछन् ।  विभागका अनुसार चालू आवमा स्वदेशी तथा विदेशी लगानीका साना उद्योग दर्ता बढी छ । दर्ता भएका उद्योगमा ८३ ओटा साना छन् । मझौला ८२ र ठूला ६७ उद्योग दर्ता भएका छन् ।  यसैगरी, चालू आवको नौ महीनामा वैदेशिक लगानी प्रस्तावमा पनि सुधार देखिएको छ ।  विभागका अनुसार गत साउनदेखि चैतसम्मको नौ महीनामा वैदेशिक लगानीका १५५ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३३ अर्ब ४२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ । गतवर्ष सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । पोहोर उक्त अवधिमा साना, ठूला र मझौला गरी १४२ ओटा उद्योग दर्ता भएका थिए । गतवर्षको तुलनामा दर्ता र लगानी प्रस्ताव दुवै बढेसँगै रोजगारी पनि बढ्ने देखिएको छ । यसैगरी, ट्रेडमार्क दर्ता संख्यामा पनि वृद्धि देखिएको छ । चालू आवमा २ हजार ३५६ टे«डमार्क दर्ता भएका छन् । पोहोर यो अवधिमा २ हजार ७१ दर्ता ट्रेडमार्क भएका थिए । विभागका निर्देशक भक्तराज जोशीले जलविद्युत्, पर्यटन र ठूला लगानीका केही इन्भेष्टमेन्ट कम्पनी समेत दर्ता हुँदा यसपालि लगानी बढेको बताए । सरकारले लिएको उद्योगलाई सहजीकरण गर्ने नीति, औद्योगिक वातावरणका साथै एकल विन्दु सेवा केन्द्रका कामले उपलब्धि दिन थाल्दा लगानी बढेको उनको भनाइ छ ।  सरकारले पटकपटक लगानी सम्मेलनहरू गरेको र लगानीका लागि रेड कार्पेट बिच्छ्याएको सन्देश दिइरहेकाले पनि विदेशी लगानीको प्रस्ताव बढेको उनको दाबी छ । तुलनात्मक रूपमा कोभिड–१९ संक्रमण अवधिमा पनि वैदेशिक लगानी राम्रो आएको र सरकारले लिएका औद्योगिक नीतिका कारण स्वदेशी लगानी प्रस्ताव पनि उल्लेख्य वृद्धि देखिएको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

महिला उद्यमीलाई वित्तीय पहुँच आवश्यक

ग्लोबल इक्विटी फन्डले यूएसएडको ट्रेड एन्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा महिलाहरूले सञ्चालन गरेको उद्यमलाई सघाउने गरी ५० करोड रुपैयँाको कोष सञ्चालनमा ल्याएको छ । वित्तीय सेवाको पहुँच पुर्‍याएर महिला उद्यमीको व्यवसायलाई माथि उकास्ने उद्देश्यले ग्लोबल इक्विटी फन्डले औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । महिलाहरूले वित्तीय पहुँच पाउन समस्या भइरहेको सन्दर्भमा यस्तो फन्ड सञ्चालनमा आउनु सकारात्मक छ ।  कोषले महिला उद्यमीलाई न्यूनतम ५० लाख रुपैयँादेखि अधिकतम ५ करोड रुपैयँासम्म सहयोग गर्ने बताइएको छ । व्यवसायको आवश्यकता र मागअनुसार उद्यममा लगानी गर्ने कोषको भनाइ छ । खासगरी लघु, साना तथा मझौला उद्योगमा लगानी गर्ने कोषले बताएको छ । यस्तो उद्योगमा ५१ प्रतिशत महिलाको स्वामित्व रहेको, नेतृत्वदायी भूमिकामा वा बोर्डमा ३० प्रतिशत महिला हुनुपर्ने, ३० देखि ५० प्रतिशत महिला रोजगारी हुनुपर्नेलगायत मापदण्ड तय गरिएको छ । नेपालमा महिलाहरूले लघु, साना तथा मझौला उद्योगहरू सञ्चालन बढी गरेको पाइन्छ । यस्तोमा उनीहरूको वित्तीय समस्यामा सहयोग पुग्नु भनेको महिला उद्यमशीलताका लागि निकै सहयोग हो ।  महिला उद्यमशीलतालाई सघाउन सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगतमा महिला उद्यम विकास कोष सञ्चालन गरिएको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त सहुलियत कर्जाअन्तर्गत महिला उद्यमशीलताका लागि बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । महिलाहरूलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिइएको छ । तर, धितो राख्ने सम्पत्ति नहुँदा तथा कर्जाका लागि आवश्यक प्रक्रिया पुर्‍याउन नसक्दा महिला उद्यमीहरूले सहजै कर्जा पाउन सकेका छैनन् । नेपालमा महिलाहरूले आफ्नो शीप र स्थानीय स्रोत प्रयोग गरेर लघु उद्यमहरू गरिरहेको पाइन्छ । तर, यस्ता उद्यमलाई विस्तार गर्न बजारीकरणको समस्या एकातिर छ भने अर्कातिर उनीहरूले लगानी बढाउन स्रोत पाइरहेका छैनन् । साथै प्रविधिको पहुँच नहुँदा वा उद्योगको प्रस्ताव तयार पार्न नजान्दा पनि सरकारले दिएको सहुलियत उपयोग गर्न सकेका छैनन् । त्यसैले महिला उद्यमशीलता बढाउने हो भने उनीहरूलाई वित्तीय पहुँच सहज रूपमा पुर्‍याइनुपर्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजारभन्दा बढी महिला उद्यमीमा ५८ अर्बभन्दा बढी कर्जा प्रवाह भएको छ । यो संख्या ठूलो भए पनि लेखपढ कमजोर भएका, औद्योगिक प्रक्रिया नजानेका महिलाहरूले कर्जा लिएको पाइँदैन । उनीहरूलाई कर्जा प्रवाह गर्न विशेष नीति लिनु आवश्यक देखिन्छ । यसका लागि कोषले थप काम गर्नुपर्ने देखिन्छ ।  मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ ।  खासगरी उत्पादन, गुणस्तर, बजार, आपूर्ति, कम्पनीको हिसाबकिताब आदि पक्षबारे जानकारी नभएका महिलाहरूले पनि परम्परागत शीप र स्थानीय स्रोतको प्रयोग गरी थोरै पूँजीमा उद्यम गरिरहेका छन् । त्यसको विस्तार गर्न उनीहरूसँग पूँजीको अभाव छ । यस्ता उद्यमीहरूले बैंकले दिएको कर्जाबारे जानकार नभएको, जानकारी भएर पनि झन्झटपूर्ण प्रक्रियाका कारण कर्जा विमुख भएको अवस्था छ । यो कोषले यस्ता महिलालाई सहयोग गर्नुपर्छ । पूँजीको सहयोगमात्र पर्याप्त नहुने हुँदा उद्यमशीलतासँग सम्बद्ध अन्य विषयबारे पनि उनीहरूलाई तालीम र ज्ञान दिनु आवश्यक देखिन्छ । मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । स्थानीय स्रोतको प्रयोग हुने भएकाले स्थानीय अर्थतन्त्रमा पनि टेवा दिन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

वैदेशिक लगानी प्रतिबद्धता: उद्योग दर्ता संख्या बढ्यो प्रतिबद्धता रकम घट्यो

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले गर्नेे प्रतिबद्धता घटेको देखिएको छ । उद्योग दर्ता र लगानी प्रतिबद्धताको रकम उद्योग विभागबाट स्वीकृत गराउँदै आएका विदेशी लगानीकर्ताले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा कम लगानी स्वीकृति गराएका हुन् । प्रतिबद्धता रकम घटे पनि दर्ता हुने उद्योगको संख्या भने तुलनात्मक रूपमा बढी छ । उद्योग विभागले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार लगानी प्रतिबद्धता रकम १५ अर्ब ७५ करोड रुपैयाँले घटेको छ । उद्योग दर्ता संख्या भने बढेको छ । गत आवमा ३२७ ओटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ मा उद्योग दर्ता संख्या २९५ थियो । विभागका अनुसार गत आवमा ३२७ ओटा उद्योग दर्ता हुँदा ३८ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागमा दर्ता र लगानी स्वीकृत भएका उद्योग सञ्चालनमा आउँदा मुलुकमा थप १७ हजार १२ जनालाई रोजगारीको अवसर प्राप्त हुने देखिन्छ । अघिल्लो आव २९५ उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता ५४ अर्ब १५ करोड रुपैयाँ थियो । प्रस्तावित रोजगारी १६ हजार ९०५ थियो ।  विदेशी लगानीकर्ताहरू सानो स्केलका उद्योगमा लगानी गर्न बढी उत्साहित रहेको देखिन्छ । यो क्रम गत आवमा पनि दोहोरिएको छ । गत वर्ष ३२७ उद्योग दर्ता हुँदा साना स्केलका उद्योगको संख्या २९७ छ । अघिल्लो आवमा यस्ता २१७ उद्योग दर्ता भएका थिए । सरकारले विदेशी लगानीमा कायम गरेको न्यूनतम थ्रेसहोल्डका कारण उद्योग दर्ता संख्या बढेको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार लगानी रकम भने कम छ । सरकारले यस्तो थ्रेसहोल्ड पटक–पटक संशोधन गर्दै आएको छ । फलस्वरुप विदेशी लगानीकर्ता थ्रेसहोल्डभित्रै रहेर परियोजना स्वीकृत गराउन बढी केन्द्रित भएको विभागको तथ्यांकले देखाउँछ । सरकारले पछिल्लोपटक २०७९ असोजमा विदेशी लगानीको थ्रेसहोल्ड घटाएर २ करोड रुपैयाँ कायम गरेको छ । यसअघि २०७६ जेठमा सरकारले यस्तो सीमा ५ करोड रुपैयाँ तोकेको थियो । त्यसअघि विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँ थियो ।  उद्योग विभागको तथ्यांक हेर्दा विदेशी लगानीकर्ताले यही सीमामा रहेर लगानीका परियोजना प्रस्ताव गर्ने र स्वीकृत गराउने गरेको देखिन्छ । गत आवमा मझौला उद्योग २५ र साना स्केलका उद्योग ५ ओटा दर्ता भएका छन् ।  विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा बढी इच्छुक देखिन्छन् । गत आवमा सोही क्षेत्रमै बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार विदेशी लगानीका उद्योग दर्तामध्ये ३४ दशमलव ४१ प्रतिशत पर्यटन क्षेत्रका छन् ।  पर्यटन क्षेत्रपछि विदेशीको आकर्षण सेवाक्षेत्रमा छ । तेस्रो स्थानमा उत्पादनमूलक क्षेत्रका उद्योग दर्ता भएका छन् । आइसीटीमा १६ दशमलव ५ र ऊर्जा तथा कृषिक्षेत्रमा १ प्रतिशत उद्योग दर्ता भएका छन् ।

उद्योगमा लगानी प्रस्ताव ९१ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ चैत मसान्तसम्ममा उद्योगमा लगानीको प्रस्ताव उल्लेख्य बढेको छ । स्वदेशी र विदेशी लगानीमा दर्ता भएका कुल २३२ उद्योगमा प्रस्तावित लगानी गतवर्षको तुलनामा ९१ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  उद्योग विभागका अनुसार चालू आवको ९ महीनामा स्वदेशी र विदेशी लगानीमा सञ्चालन गर्ने गरी दर्ता भएका ती उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको हो । गत आव २०७७/ ७८ मा भने यस्तो लगानी प्रस्ताव १ खर्ब ३९ अर्ब रुपैयाँ थियो । उद्योग दर्ता संख्या १६९ थियो । विभागको तथ्यांकले उद्योगको दर्ता संख्या र लगानी वृद्धि देखाउँछ । दर्ता भएका स्वदेशी तथा विदेशी उद्योग सञ्चालनमा आएमा २१ हजार ६२३ जनाले रोजगारी पाउनेछन् ।  विभागका अनुसार चालू आवमा स्वदेशी तथा विदेशी लगानीका साना उद्योग दर्ता बढी छ । दर्ता भएका उद्योगमा ८३ ओटा साना छन् । मझौला ८२ र ठूला ६७ उद्योग दर्ता भएका छन् ।  यसैगरी, चालू आवको नौ महीनामा वैदेशिक लगानी प्रस्तावमा पनि सुधार देखिएको छ ।  विभागका अनुसार गत साउनदेखि चैतसम्मको नौ महीनामा वैदेशिक लगानीका १५५ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३३ अर्ब ४२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ । गतवर्ष सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । पोहोर उक्त अवधिमा साना, ठूला र मझौला गरी १४२ ओटा उद्योग दर्ता भएका थिए । गतवर्षको तुलनामा दर्ता र लगानी प्रस्ताव दुवै बढेसँगै रोजगारी पनि बढ्ने देखिएको छ । यसैगरी, ट्रेडमार्क दर्ता संख्यामा पनि वृद्धि देखिएको छ । चालू आवमा २ हजार ३५६ ट्रेडमार्क दर्ता भएका छन् । पोहोर यो अवधिमा २ हजार ७१ दर्ता ट्रेडमार्क भएका थिए । विभागका निर्देशक भक्तराज जोशीले जलविद्युत्, पर्यटन र ठूला लगानीका केही इन्भेष्टमेन्ट कम्पनी समेत दर्ता हुँदा यसपालि लगानी बढेको बताए । सरकारले लिएको उद्योगलाई सहजीकरण गर्ने नीति, औद्योगिक वातावरणका साथै एकल विन्दु सेवा केन्द्रका कामले उपलब्धि दिन थाल्दा लगानी बढेको उनको भनाइ छ ।  सरकारले पटकपटक लगानी सम्मेलनहरू गरेको र लगानीका लागि रेड कार्पेट बिच्छ्याएको सन्देश दिइरहेकाले पनि विदेशी लगानीको प्रस्ताव बढेको उनको दाबी छ । तुलनात्मक रूपमा कोभिड–१९ संक्रमण अवधिमा पनि वैदेशिक लगानी राम्रो आएको र सरकारले लिएका औद्योगिक नीतिका कारण स्वदेशी लगानी प्रस्ताव पनि उल्लेख्य वृद्धि देखिएको उनको भनाइ छ ।