काठमाडौं : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पाँचदलीय गठबन्धनमाथि सकेसम्म स्थानीय तहको चुनाव हुनै नदिने नभए सार्ने त्यो पनि नसके चुनावमा गोलमाल गर्ने सुरमा रहेको आरोप लगाए। 'उहाँहरू मलाई लाग्छ, स्थानीय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पुर्याउने, निर्वाचनमै गडबड गर्ने लगायत कुराहरू हुन सक्छन्,' उनले भने, 'तर एउटा कुरा के हो भने हामीले विशेष कारणवश जनतामा जाउँ न भनेकै हो। हामी आफ्नो भनाइमा अडिग छौँ।’उनले स्थानीय तहको निर्वाचन