काठमाडौं : यतिबेला स्थानीय तहको चुनाव कहिले भन्ने विवाद पेचिलो बन्दै गएको छ। निर्वाचन आयोगले अहिले भएका सबै स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी २०७९ जेठ ५ मा सकिने भन्दै तत्काल चुनाव घोषणा गर्न सरकारको ताकेता गरिरहेको छ।उसले सके एकै चरणमा बैशाख १४ र नभए बैशाख १४ र २२ गरी दुई चरणमा निर्वाचन गर्न सरकारलाई मिति पनि प्रस्ताव गरिसकेको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) पनि तत्काल स्थानीय तहको चुनाव हुनुपर्ने पक्षमा छ। तर सत्तारुढ गठबन्धन भने संविधान अनुसार कानुन बाझिएको तर्क गर्द