गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएः प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएको  बताएका छन् ।  ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको आरोप समेत लगाएका छन् ।प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘एमाले चुनाव फेस गर्न तयार  छ । तर सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ ।’ उनले मुलुकको निकास ताजा जनादेशबाट प्राप्त  हुने भएकोले समयमा स्थानीय तहको चुनाव गर्नुपर्ने माग राखे

सम्बन्धित सामग्री

गठबन्धन नीतिविहिन छ : प्रदिप ज्ञवाली

नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञावलीले कांग्रेस माओबादी लगायतका दलहरुको गठबन्धन नीतिविहिन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञावलीले पाँच दलीय...

एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा राखेको छैन् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरुसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताउनुभयो । उहाँले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम एमालेमा […]

गठबन्धन एमालेको प्राथमिकता होइन, आफ्नै खुट्टामा उभिएर लड्छौं : प्रदीप ज्ञवाली

नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। सांसद ज्ञवालीले एजेण्डा मिल्ने...

एमालेले राष्ट्रव्यापी तालमेल गर्दैन : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले अहिले सत्तारुढ दलले गरेको गठबन्धन मुलुक र लोकतन्त्रका लागि अस्वस्थकर रहेको भन्दै एमाले त्यस्तो गठबन्धनको पक्षमा नरहेको बताएका हुन् । ‘अहिले गठबन्धन बनेको छ त्यो लोकतन्त्रका लागि अस्वस्थकर छ । गठबन्धनमा संघीयता विरोधी दल पनि छन् । त्यस्तोमा जनताको

एक्लै उभिन नसकेर कांग्रेसलाई चार-चारवटा लट्ठी चाहिएको छः प्रदीप ज्ञवाली

काठमाडौं, २२ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तागठबन्धनका कारण आफ्नो पार्टीलाई कुनै दबाब महसुस नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “गठबन्धन शक्ति वा सामथ्र्यको प्रतीक होइन, कमजोरीको प्रतीक हो । नेपाली कांग्रेसजस्तो एक्लै दुई तिहाइ, एकल बहुमत ल्याएको […]

सत्ता प्राप्तिकै लागि एमालेले गठबन्धन गर्दैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता प्राप्तिकै लागि एमालेले कुनै गठबन्धन नगर्ने बताउनुभएको छ । उहाँले अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले एक्लै चुनाव लड्न सक्ने बताउनुभयो । शनिबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले कांग्रेसले आफ्नो बहुमत आउने गरी गठबन्धन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य दलले वाम […]

‘माया एउटासँग विहे अर्कोसँग’ गर्नेसँग गठबन्धन गर्दैनौं : प्रदीप ज्ञवाली

७ साउन, बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन् । वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीले बताए । प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला दल एमाले र कांग्रेससंग समानान्तर ढंगले गठबन्धनका लागि वार्ता सम्भव […]

संसदमा प्रदीप ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताए ।बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पु¥याउन नसक्नु लज्जास्पद भएको बताए । उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने […]

एमालेलाई सबै तिरबाट घेराबन्दीमा पारियो : प्रदीप ज्ञवाली

गुल्मी : नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले एमालेलाई सबैतिरबाट घेराबन्दीमा पारिएको बताएका छन् ।नेकपा एमाले गुल्मीले बुधबार तम्घासमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालत, निर्वाचन आयोग र सभामुख सबै मिलेर एमालेलाई घेराबन्दीमा पारेको बताएका छन्।वर्तमान गठबन्धन सरकार जनताको काम गर्नका लागि नभएको भन्दै उनले एमालेका विरुद्धमा भएको आरोप समेत लगाए । उनले अहिलेको गठबन्धन स्वभाविक नभएको टिप्पणी गरे।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण