स्थानीय निर्वाचनको सन्देश : पार्टीहरूले आफ्नो कार्यशैली पुनर्विचार गर्नुपर्छ

स्थानीय तहको चुनाव सकिएलगत्तै देशभरबाट मतपरिणाम आउने प्रक्रिया जारी छ । एकातर्फ पाँच दलीय गठबन्धन र एमाले आफ्नो मतपरिणाम हेर्न व्यस्त छन् भने अर्कोतर्फ स्वतन्त्र र बागी उम्मेदवारहरूले पनि आफ्नो स्थान बनाउन पछि हटेको देखिँदैन । दलहरूले गरेको हर्कत र कामहरूको व्यङ्ग्य अहिले स्वतन्त्र उम्मेदवारमार्फत जनताले दिइराखेका छन् । दलहरूले यसै ढङ्गले काम गरिरहने हो भने अब जनताले उनीहरूलाई पत्याउने छैनन् भन्ने बलियो सन्देश हो यस पटकको स्थानीय चुनाव । काठमाडौँमा मात्र नभएर देशभर यस किसिमका सन्देश आइरहेका छन्