शुरू हुने भयो नेकपा विभाजनको औपचारिक प्रक्रिया, प्रचण्ड–नेपाल पक्ष दफा ४४ अनुसार आयोग जाने

आफूहरूले पठाएका निर्णय र विवरणहरू अध्यावधिक गर्न निर्वाचन आयोगले अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को व्यवस्था अनुसार पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ । यसअघि केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल दुवै पक्षले पार्टीको आधिकारिकता दाबी उक्त दफाअन्तर्गत गरेका थिएनन् । छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेर गरिएका निर्णयहरू दल दर्ता किताबमा अध्यावधिक गर्न भनेर पठाइएको थियो, तर प्रक्रिया नप...

सम्बन्धित सामग्री

एमालेकाे पोलिटब्यूरो बैठक शुरू

काठमाडौं । नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्यूरो बैठक बसेको हो । The post एमालेकाे पोलिटब्यूरो बैठक शुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा (एस)को स्थायी कमिटी बैठक शुरू, एमसीसीबारे निर्णय हुने

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बानेश्वरमा शुरू भएको छ । बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुनेछ ।  एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने एक नेताले बताए ।  सरकारले एमसीसी संसदमा टेबुल गर्ने तयारी गरे सत्ता गठबन्धनमै सहमति हुन सकेको छैन ।  माओवादी केन्द्र एमसीसीको विपक्षमा रहे पनि समाजवादीले पार्टीको बैठकबाट निर्णय गरेर आधिकारिक धारणा तय गर्ने बताउँदै आएको छ ।  सत्ता गठबन्धनको बैठकमै अध्यक्ष माधवकुमार नेपालले फाग...

चुनावबारे छलफल गर्न गठबन्धनको बैठक फेरि बालुवाटारमा शुरू

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ । बिहान बसेर स्थगित भएको बैठक पुनः शुरू भएको हो ।  बैठकमा स्थानीय तहको निर्वाचनबारे बैठकमा छलफल भइरहेको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

माओवादी महाधिवेशनको आजको बन्दसत्र शुरू

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आइतवारको बन्दसत्र शुरू भएको छ ।  खाजा समयका लागि केहीबेर बन्दसत्र स्थगित गरिएको थियो ।  सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा बसेको थियो ।  स्थायी कमिटी बैठक सकिएपछि बन्दसत्र शुरू गरिएको हो ।  नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ । निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् ।

अनेरास्ववियुको सदस्यता वितरण महाअभियान शुरू

नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियुले सोमवारदेखि संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान शुरू गरेको छ ।  काठमाडौंमा त्रिचन्द्र क्याम्पसबाट महाअभियानको शुभारम्भ भएको छ भने, रूपन्देहीको जोगडा मावि गैडहवा (तराई–मधेश क्षेत्र) बाट शुरू गरिएको हो ।  काठमाडौंमा एमाले महासचिव शंकर पोखरेलको उद्घाटन गरे ।  रुपन्देहीमा महाअभियानको एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष खीमलाल भट्टराई उद्घाटन गरे । सो अवसरमा बोल्दै भट्टराई अनेरास्ववियुमा आबद्ध हुन विद्यार्थीहरूलाई आग्रह गरे ।  अनेरास्व...

एमाले महाधिवेशन : बिहान ४ बजेपछि यी पदहरूमा मतदान शुरू

चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो । मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् । केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गराउन उम्मेदवारी फिर्ता गराउने प्रयास गर्दा अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको थियो । निर्विरोध नभए...

संसद्‍मा खेल्ने भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक शुरू

संसद्‍ अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।  संसद्‍ भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बुधवार संसदीय दलको बैठक शुरू भएको हो । आज शुरू हुने संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिइने एक सांसदले जानकारी दिए ।  पार्टीले कारवाही सिफारिश गरेका माधव नेपालसहित १४ सांसदमाथि कारवाही सदर नगरेको भन्दै सभामुख अग्नि सापकोटाप्रति नेकपा एमाले रुष्ट छ । सभामुखको भूमिकालाई लिएर सदनमा सशक्त प्रतिवाद गर्ने एमालेले निर्णय गरेको थियो ।&nb...

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठक शुरू भएको एक सदस्यले जानकारी दिए । बैठकमा पार्टीको विवाद मिलाउन गठित कार्यदलको काम, आगामी बजेटबारे सुझाव संकलन र राष्ट्रियसभा सदस्य उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा संसद विघटनपछिको अवस्था र आन्दोलनबारे छलफल हुनेछ । पार्टी कार्यालयमा बैठक शुरू भएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी समेत रहेको एक नेताले जानकारी दिए । यसअघि पार्टीले ओलीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआए ओलीलाई कारवाही गर्ने नेकपा प्र...