संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।
संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बुधवार संसदीय दलको बैठक शुरू भएको हो । आज शुरू हुने संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिइने एक सांसदले जानकारी दिए ।
पार्टीले कारवाही सिफारिश गरेका माधव नेपालसहित १४ सांसदमाथि कारवाही सदर नगरेको भन्दै सभामुख अग्नि सापकोटाप्रति नेकपा एमाले रुष्ट छ । सभामुखको भूमिकालाई लिएर सदनमा सशक्त प्रतिवाद गर्ने एमालेले निर्णय गरेको थियो ।&nb...