नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत सोमवारदेखि बन्दसत्र शुरू भएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा बन्दसत्र शुरू भएको हो ।
बिहान ११ बजे नै शुरू गर्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेताहरूसँगको छलफलमा व्यस्त भएपछि बन्दसत्र केहीबेर ढिला गरी शुरू भएको हो ।
बन्दसत्रमा शान्ति प्रक्रियामा आएपछि भएका कमीकमजोरीको समीक्षासहित प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
आइतवार उद्घाटन सत्रमा प्रचण्डले माओवादी पार्टी कमजोर हुनुमा आफ्नो कमजोरी रहेको प्रतिवेदन तयार गरेको बताएका...