नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा संसद विघटनपछिको अवस्था र आन्दोलनबारे छलफल हुनेछ ।
पार्टी कार्यालयमा बैठक शुरू भएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी समेत रहेको एक नेताले जानकारी दिए । यसअघि पार्टीले ओलीलाई स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणको जवाफ नआए ओलीलाई कारवाही गर्ने नेकपा प्र...