सिभिल बैंकको नाफामा छलाङ, २०२% ले नाफामा वृद्धि, नेपाल एसबिआइ बैंकले पनि  ८६% ले नाफा बढायो

काठमाडौं। पछिल्ला दिनहरुमा सुस्त भएको भन्ने आरोप खेपिरेका सिभिल बैंक र नेपाल एसबिआइ बैकले नाफामा उच्च सुधार गरेका

सम्बन्धित सामग्री

‘लोन लस प्रोभिजन’ बढ्दा एसबिआई बैंकको नाफामा २३ प्रतिशत गिरावट

१७ कात्तिक, काठमाडौं । नेपाल एसबिआई बैंकको नाफामा २३ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म खुद नाफा ४७ करोड ९१ लाख रुपैयाँ रहेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ६२ करोड ७३ लाख रुपैयाँ रहेको थियो । बैंकको […]

२७ वाणिज्य बैंकको नाफा १० प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकको नाफा औसतमा १० दशमलव १० प्रतिशतले वृद्धि भएको छ । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वाणिज्य बैंकहरूको नाफा १० दशमलव १० प्रतिशतले वृद्धि भएर रू. ३४ अर्ब २१ करोड पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी वाणिज्य बैंकको कुल नाफा रू. ३१ अर्ब ७ करोड रहेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा १६ ओटा वाणिज्य बैंकको नाफा १ अर्बभन्दा माथि छ । तीनओटा बैंकको नाफा २ अर्बमाथि पुुगेको छ । सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ६६ करोड नाफा कमाएको छ । गतवर्षको दोस्रो त्रैमासम्ममा यो बैंकले रू.२ अर्ब ३१ करोड नाफा कमाएको थियो । त्यस्तै नाफा बढी कमाउने दोस्रो स्थानमा एनआईसी एशिया र तेस्रोमा नबिल बैंक रहेका छन् । चालू आवको दोस्रो त्रैमाससम्ममा एनआईसी एशियाले रू. २ अर्ब ४० करोड र नबिल बैंकले रू.२ अर्ब १८ करोड नाफा कमाएका छन् । पछिल्लो समय उद्योगधन्दा र कलकारखाना कोभिड–१९ का कारण धराशयी हुँदै जाँदा वाणिज्य बैंकहरूको नाफा बढ्दै जानुलाई विज्ञहरू अस्वाभाविक मान्छन् । बैंकहरूको काम व्यापार गरेर नाफा कमाउने भए पनि नेपालको परिपे्रक्ष्यमा व्यापारघाटा बढाउन वाणिज्य बैंकहरूको भूमिका ठूलो रहेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । बैंकरहरूका अनुसार रिटर्न अन इक्विटीका आधारमा बैकहरूको कमाइ निकै कम हो । बैंकहरू पुँजी भारले थिचिएको लगानीकर्ताहरूको भनाइ छ । उत्पादनमा जोड नदिनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको थापा बताउँछन् । राज्यको उपयुक्त नीति नभएका कारण उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लघुवित्त र वित्त कम्पनीहरू मासिँदै जाने स्थिति आएको थापाले बताए । सिभिलको नाफा १४८ प्रतिशतले वृद्धि चालू आवको दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले उक्त अवधिमा रू. ५० करोड ४० लाख नाफा कमाएको छ । सिभिल सबैभन्दा कम नाफा कमाउनेको सूचीमा रहेको भए पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा नाफामा सुधार गरेको छ । गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा यो बैंकको नाफा १४८ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको नाफा रू.२० करोड २८ लाख थियो । त्यसैगरी नाफा वृद्धि गर्ने दोस्रो स्थानमा सिद्धार्थ बैंक र तेस्रो स्थानमा सेन्चुरी कमर्शियल बैंक रहेका छन् । सिद्धार्थले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा ७१ दशमलव ६८ प्रतिशतले नाफा वृद्धि गरेको छ । सेन्चुरी कमर्शियल बैंकले पनि गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमासम्ममा ५४ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ । ६ ओटा वाणिज्य बैंकको नाफा घट्यो चालू आवको दोस्रो त्रैमासम्ममा ६ ओटा वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा प्राइम कमर्शियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंक रहेका छन् । सबैभन्दा बढी नाफा घट्नेमा कुमारी बैंक लिमिटेड रहेको छ । यो बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासम्ममा यो बैंकको नाफा घटेर रू. ९५ करोड १७ लाखमा सीमित भएको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमाससम्ममा प्राइम कमर्शियल बैंकको ७ दशमलव ४३ प्रतिशत, प्रभु बैंकको १६ दशमलव ९० प्रतिशत, एभरेष्ट बैंकको १२ दशमवल ७९ प्रतिशत, नेपाल बंगलादेश बैंकको १३ दशमलव ८२ प्रतिशत र सनराइज बैंकको २१ दशमवल ४७ प्रतिशतले नाफा घटेको छ ।

वाणिज्य बैंकहरूको भन्दा विकास बैंकको नाफामा दोब्बर वृद्धि, कुनले कति कमाए ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । साउनदेखि पुस मसान्तसम्म कुल ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले सो अवधिमा ३ अर्ब २० करोड २७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४.४६ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म यी ८ वटा विकास बैंकहरूले कुल २ अर्ब ७३ करोड ९४ लाख ८१ हजार रुपैयाँ खुद ना

यस वर्ष करीब ५% ले घट्यो नेपाल बैंकको खुद नाफा

माघ १०, काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार यस वर्ष बैंकले रू. १ अर्ब ४१ करोड ७० लाख भन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा रू. १ अर्ब ३५ करोड ४ लाखभन्दा बढी रहेको थियो ।  गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४ दशमलव ९३ प्रतिशत कम भएको हो । यस वर्ष गत वर्षभन्दा २० प्रतिशत कम सञ्चालन नाफा भएकाले पनि बैंकको खुद नाफामा कमी आएको हो ।  गत वर्ष रू. २ अर्ब ४ करोड ६२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ६३ करोड ५३ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष इम्पेरमेन्ट चार्ज बढेको छ । गत वर्ष रू. ४ करोड ५१ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ३८ करोड ७४ लाख ७२ हजार रहेको छ । बैंकको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा भने रू. ४१ करोड ३ लाख १५ हजार छ । गत वर्ष यस अवधिसम्म यो रकम रू. ६७ करोड ८२ लाख ५ हजार रहेको थियो । १४ प्रतिशत बोनस शेयर मार्फत रू. १४ अर्ब ४० करायेड ५९ लाखभन्दा बढी चुक्तापूँजी पुगेको बैंकको जगेडा कोष रकम रिटेन्ड अर्निङसहित रू. १९ अर्ब ८९ करोड ७१ लाखभन्दा बढी छ ।  बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ४६ लाखभन्दा बढी र रिटेन्ड अर्निगमा रू. २ अर्ब ४२ करोडभन्दा बढी रहेको छ । गत वर्षभन्दा १२ दशमलव ३० प्रतिशत बढी रू. १ खर्ब ८२ अर्ब ८४ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले २० दशमलव ४५ प्रतिशत बढी रू. १ खर्ब ६३ अर्ब १० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।  निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ८८ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ९१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ६७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २३८ दशमलव १२ छ ।

नेपाल बंगलादेश बैंकको नाफामा ब्रेक, ६ महिनामा  बैंकले कति कमायो ?

नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको हो । जबकि बैंकले अघिल्लो वर्षको पुस मसान्तमा नै ८१ करोड २४ करोड खुद नाफा कमाएको थियो । बैंकको रिपोर्टअनुसार यो वर्ष बैंकको नाफामा  १३ करोड रूपैयाँको गिरावट आएको हो । तर, बैंकको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४९ करोड ३२ लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।यस्तै

नेपाल बैंकको नाफा ३७ % बढ्यो, प्रतिशेयर आम्दानी रू. २३.८९ पुग्यो

कात्तिक १५, काठमाडौं । नेपाल बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधमिा ३७ प्रतिशतले वृद्धि भएको हो ।  गत आवको पहिलो त्रैमासमा ५५ करोड ४ लाख १९ हजार नाफा कमाएको उक्त बैंकले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू.७५ करोड ४८ लाख ५५ हजार नाफा कमाएको हो ।  चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफा २१ दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो । उक्त बैंकको चुक्तापूँजी रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको छ भने जगेडामा रू. १७ अर्ब २२ करोड ५६ लाख, रिटेण्ड अर्निङमा रू. ३ अर्ब ८८ करोड ३ लाख र शेयर प्रिमियममा रू. ४३ करोड १८ लाख ८३ हजार सञ्चित रहेको छ । बैंकको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा उक्त बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलदव ५१ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ दशमलव ८९ पुगेको छ ।  त्यसैगरी बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६, तरलता अनुपात २२ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२७० दशमलव ४४ रहेको छ ।  यो पनि हेर्नुस् : नेपाल बैंकले प्रस्ताव गर्‍यो १७% लाभांश

१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा रू. ५ अर्ब

काठमाडौं । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना निषेधाज्ञा भए पनि उक्त महीना अधिकांश विकास बैंकले राम्रै मुनाफा गर्न सफल भएका छन् । सञ्चालनमा रहेका आठओटा राष्ट्रियस्तरका विकास बैंकले चालू आर्थिक वर्षको १० महीनासम्ममा समग्रमा खुद नाफा ५ अर्ब २ करोड २४ लाख रुपैयाँ हात पारेका छन् । यस अघिको चैत महीनासम्ममा ती बैंकहरूले खुद नाफा रू. ४ अर्ब ४९ करोड ९९ लाख गरेका थिए । एकै महीनाको अन्तरमा उक्त विकास बैंकहरूले ५२ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअघि मासिक करीब ५० करोड रुपैयाँको हाराहारीमा नाफा गरेको देखिन्छ । समग्रमा बैंकहरूको नाफा राम्रै बढेको देखिए पनि केही बैंकले भने यसअघिको महीनाभन्दा कम नाफामा चित्त बुझाउनु परेको छ । पछिल्लो समयसम्म राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, ज्योति, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंक सञ्चालनमा रहेका छन् । उक्त बैंकमध्ये चालू आवको वैशाखसम्ममा सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिसम्म यसले रू. १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि चैतसम्ममा अर्थात् तेस्रो त्रैमासमा रू. १ अर्ब ५६ लाख रुपैयाँको हाराहारीमा नाफा गरेको थियो । एकै महीनाको अन्तरमा उक्त बैंकले करीब ११ करोडको नाफा गरेको छ । तर, यो नाफा वृद्धि भने गत महीनाको भन्दा कम देखिन्छ । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल १० महीनाको बीचमा जम्मा आधा महीना मात्रै बन्द भएकाले बाँकी समय पूरै काम गर्न पाउँदा विकास बैंकहरूको नाफा वृद्धिमा खासै प्रभाव नपरेको बताउँछन् । कुल खुद नाफा कमाउने दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ । यसले वैशाखसम्ममा ७५ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । कुल खुद नाफा गर्ने तेस्रो स्थानमा रहेको ज्योति विकास बैंकले रू. ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । यसले १ महीनामा थप ८ करोड नाफा बढाएको छ । कामना सेवा विकास बैंकले वैशाखसम्ममा ६४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यसले गत चैत्रसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । यस बैंकले यस अवधिमा ५ करोड ९१ लाख रुपैयाँ नाफा बढाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वैशाखसम्ममा रू. ५० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । निषेधाज्ञाको महीनामा राम्रो नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक देखिएको छ । गत तेस्रो त्रैमास अर्थात् चैतसम्ममा रू. ४० करोड ३६ लाख खुद नाफा गरेको उक्त बैंकले वैशाखमा रू.९ करोड ३८ लाख रुपैयाँले नाफा वृद्धि गरेर कुल नाफा रू. ४९ करोड ७४ लाख आर्जन गरेको छ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा अत्यावश्यक खालका रिटेल, मार्जिन प्रकृतिका कर्जाहरू गएका र यसबाट ब्याज आम्दानी भइरहेकाले निषेधाज्ञा भए पनि बैंकको नाफा वृद्धिमा कम प्रभाव परेको बताउँछन् । राष्ट्रियस्तरका लुम्बिनी र सांग्रिला डेभलपमेन्ट बैंकको कुल खुद नाफा बढे पनि मासिक वृद्धि भने घटेको छ । लुम्बिनी विकास बैंकले १० महीनामा रू.४६ करोड २८ लाख नाफा गरेको छ । यसले चैतमा रू.४२ करोड ३७ लाख नाफा गरेको थियो । यसबीच १ महीनामा थप रू. ३ करोड ९० लाख नाफा बढाएको छ । गत चैतसम्ममा रू. ३५ करोड १ लाख खुद नाफा गरेको सांग्रिला डेभलपमेन्ट बैंकले रू. ८४ लाखको हाराहारीमा मात्रै नाफा वृद्धि गरेर वैशाखमा रू. ३६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा घटेको छ । बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा चार प्रतिशतले घटेको हो ।