माघ १०, काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार यस वर्ष बैंकले रू. १ अर्ब ४१ करोड ७० लाख भन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा रू. १ अर्ब ३५ करोड ४ लाखभन्दा बढी रहेको थियो ।
गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४ दशमलव ९३ प्रतिशत कम भएको हो । यस वर्ष गत वर्षभन्दा २० प्रतिशत कम सञ्चालन नाफा भएकाले पनि बैंकको खुद नाफामा कमी आएको हो ।
गत वर्ष रू. २ अर्ब ४ करोड ६२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ६३ करोड ५३ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष इम्पेरमेन्ट चार्ज बढेको छ । गत वर्ष रू. ४ करोड ५१ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ३८ करोड ७४ लाख ७२ हजार रहेको छ ।
बैंकको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा भने रू. ४१ करोड ३ लाख १५ हजार छ । गत वर्ष यस अवधिसम्म यो रकम रू. ६७ करोड ८२ लाख ५ हजार रहेको थियो ।
१४ प्रतिशत बोनस शेयर मार्फत रू. १४ अर्ब ४० करायेड ५९ लाखभन्दा बढी चुक्तापूँजी पुगेको बैंकको जगेडा कोष रकम रिटेन्ड अर्निङसहित रू. १९ अर्ब ८९ करोड ७१ लाखभन्दा बढी छ ।
बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ४६ लाखभन्दा बढी र रिटेन्ड अर्निगमा रू. २ अर्ब ४२ करोडभन्दा बढी रहेको छ । गत वर्षभन्दा १२ दशमलव ३० प्रतिशत बढी रू. १ खर्ब ८२ अर्ब ८४ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले २० दशमलव ४५ प्रतिशत बढी रू. १ खर्ब ६३ अर्ब १० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ८८ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ९१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ६७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २३८ दशमलव १२ छ ।