नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको हो । जबकि बैंकले अघिल्लो वर्षको पुस मसान्तमा नै ८१ करोड २४ करोड खुद नाफा कमाएको थियो । बैंकको रिपोर्टअनुसार यो वर्ष बैंकको नाफामा १३ करोड रूपैयाँको गिरावट आएको हो । तर, बैंकको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४९ करोड ३२ लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।यस्तै