कात्तिक १५, काठमाडौं । नेपाल बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधमिा ३७ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको पहिलो त्रैमासमा ५५ करोड ४ लाख १९ हजार नाफा कमाएको उक्त बैंकले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू.७५ करोड ४८ लाख ५५ हजार नाफा कमाएको हो ।
चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफा २१ दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो ।
उक्त बैंकको चुक्तापूँजी रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको छ भने जगेडामा रू. १७ अर्ब २२ करोड ५६ लाख, रिटेण्ड अर्निङमा रू. ३ अर्ब ८८ करोड ३ लाख र शेयर प्रिमियममा रू. ४३ करोड १८ लाख ८३ हजार सञ्चित रहेको छ ।
बैंकको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा उक्त बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलदव ५१ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ दशमलव ८९ पुगेको छ ।
त्यसैगरी बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६, तरलता अनुपात २२ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२७० दशमलव ४४ रहेको छ ।
यो पनि हेर्नुस् :
नेपाल बैंकले प्रस्ताव गर्यो १७% लाभांश