१० असार, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले युएई विरुद्ध फिल्डिङ गरिरहेको छ । किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो । वर्षाका कारण खेल आधा घण्टा ढिला सुरु भएको छ । यस खेलको उपविजेता फाइनल पुग्नेछ । अर्काे सेमिफाइनल आजै हङकङ र मलेसियाबीच हुनेछ ।