राजन सेख बाँकेदेखि काठमाण्डौको माइतीघर मण्डला आएको १३ दिन भयो । मण्डलामा हुने अन्य समूहको विरोधका चर्का नारा त छँदैछन्, गाडीको कर्कश ध्वनी र कालो धुवाँ अनि सरकारको कालो मनले उहाँहरुको मुहार थकित, मलिन देखिन्छ ।
उपत्यकालाई प्रदूषणले गाँजेझैँ यहाँको न्याय प्रणाली तथा सरकारको रवैयामा पनि प्रदूषण देख्नुहुन्छ सेख । ‘हेर्नुस त ! धर्ना दिनेहरु उठ्न सकेका छैनन्, सरकार भने ठडिएको ठडियै छ’ नजिकै लौरो बोकेर बसेका प्रहरी र लम्पसार परिरहेका धर्नामा रहेका आफ्ना साथीहरुलाई देखाउँदै सेखले भन्नुभयो । ...