मधेस प्रदेशमा मधेसका दलहरू नै पछाडि परेको विश्लेषण प्रस्तुत भइरहेको देखिन्छ। तर्कको रूपमा प्रदेशमा जनाधार धेरै रहेको भनिएका जसपा र लोसपालाई निर्वाचन परिणाममा ठूला दलभन्दा पछाडि रहेको भनिन्छ। आठ जिल्लाका एक सय ३६ पालिकाको मतगणनामा कांग्रेस, एमाले र माओवादीकै अग्रता छ। जसअनुसार कांग्रेसले पहिलो, दोस्रोमा एमाले र माओवादीले तेस्रो स्थान प्राप्त गर्नसक्ने अवस्था बनेको छ। […]