५० वर्ष मूनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गरौं : भुपेन्द्रजंग शाही

नेपाली काँग्रेसका युवा नेताहरूले आगामी निर्वाचनमा युवा सहभागिता बढाउन 'फिप्टी-फिप्टी' अभियान सुरु गरेका छन्। अभियानअन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् ।काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन उक्त अभियान सुरु गरिएको शाहीले बताए ।  अभियानअन्तर्गत युवा नेताहरूले शीर्ष नेताहरूमाथि निर्वाचनमा सिट बाँडफाँटमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट दिनुपर्ने दबाब बढाएका छन् । बाँकी ५० प्रतिशत टिकट वितरण ५० वर्षमा