रसुवा – जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान पुगेका छन्। जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ भएका कारण पूजाआजा गरेर धर्मप्राप्तिका लागि महिला, पुरूष तथा ज्येष्ठ नागरिकसमेत १० हजार भन्दाबढी भक्तजन गोसाइँथान पुगेका हुन्। जनैपूर्णिमा पर्वको पावन अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, […]