एक वर्षमा कच्चा तेलको मूल्य ५६ प्रतिशत बढ्यो

एक वर्षको अवधिमा विश्वमा कच्चा पेट्रोलियम तेलको मूल्य ५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले दिएको गत वर्ष २०७७ साउनको तुलनामा यो वर्षको साउन महिनासम्मको अवधिमा उक्त मूल्य बढेको बताएको छ ।देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैङ्कले यस्तो बताएको हो । गत वर्षको साउनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४४.८६ डलर थियो । जुन, २०७८ को साउन महिनासम्ममा आइपुग्दा ५६.२ प्रतिशतले बढेर ७०.०७ डलर पुगेको छ ।यो अवधिमा सुनको मूल्यमा भने गिरावट आएको छ । २०७७ सालको साउन म

सम्बन्धित सामग्री

घ्यु र तेलको मूल्य २४ प्रतिशले बढ्यो, मुद्रास्फीतिदर नियन्त्रणबाहिर

सरकारी प्रयासका बाबजुद मूल्य वृद्धिदर नियन्त्रणबाहिर पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीतिदर साढे ६ प्रतिशत कायम राख्‍ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ७.८७ प्रतिशत पुगेको छ ।

विश्वमा एक वर्षमा खाद्य पदार्थको भाउ झण्डै ३० प्रतिशत बढ्यो

काठमाण्डौ — पछिल्लो एक वर्षमा विश्वमा खाद्यपदार्थको भाउ झण्डै ३० प्रतिशत महँगो भएको पाइएको छ । पछिल्लो १० वर्षकै उच्च मूल्यवृद्धि भएर ३० प्रतिशत महँगो भएको संयुक्त राष्ट्रसङ्घीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन एफएओले जनाएको छ । विश्वमा सबैभन्दा धेरै खाद्यान्न र खाने तेलको मूल्य लगातार बढिरहेको छ । गएको अक्टोबर महिनामा वनस्पति तेलमा १० प्रतिशत मूल्यवृद्धि भएको छ । महामारीका कारण आपूर्तिमा समस्या, उद्योगहरू बन्द हुनु, खडेरी तथा धेरै वर्षाका कारण उत्पादन कमी हुनु, राजनीतिक तनाव बढ्नु लगायतका कारण मूल्यवृद्धि भएको ए...

पोहोरको भन्दा यसपालीको दशैँ दोब्बर महँगो, कुन बस्तुमा कति बढ्यो भाउ ?

चाडवाडको सिजन सुरु भएको छ । दशैँ र तिहार नजिकिएसँगै बजारमा दैनिक उपभोग्य बस्तुको भाउ पनि उचालिएको छ । चामल र दालबाहेक सबैजसो दैनिक उपभोग्य बस्तुको भाउ बढेको छ । गत वर्षको तुलनामा यसवर्ष नेपालीहरुको दशैँ महँगो हुने देखिएको छ ।नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार दशैँको मुखमा नभई जेठ असारदेखि नै महँगी बढ्न थालेको हो । दशैँको मुखमा पनि आयातित सामानमा केही मूल्य बढ्ने अनुमान गरिएको उनको भनाई छ । दाल चामलको भाउ कति बढ्यो ?गत वर्षको दशैँको तुलनामा सबैभन्दा कम मूल्य बढेका खाद्यान्न हुन् हुन् चामल र दाल । चालम र दालमा गत वर्षको तुलनामा २ देखि ५ प्रतिशत (भुगोल अनुसार) मात्रै मूल्य बढेको खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् ।गतवर्ष १५ सय रुपैयाँ रहेको सोना मंसुली चामल अहिले बढीमा १५ सय ७५ देखि १६ सयसम्ममा पाईने व्यवसायीहरुको भनाई छ । भान्छामा दैनिक पाक्ने रातो र कालो दालको मूल्य पनि अत्यन्त कम मात्रामा बढेको तुलाधरको भनाई छ ।तेलमा अनियन्त्रित मूल्य वृद्धितेलको भाउ अनियन्त्रित रुपमा बढेको छ । गत वर्षको दशैँको तुलनामा अहिलेको दशैँको समयमा खाने तेलको भाउ प्रति लिटर सय रुपैयाँले महँगिसकेको छ । गतवर्षको तुलनामा ८० प्रतिशतसम्म मूल्य बढेको तुलाधरको भनाई छ ।तर, उद्योगीहरुले भने कच्चा पदार्थको मुल्य दोब्वर भन्दा बढीले बढेकाले गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा बढी पुगीसकेकाले खाने तेलको मूल्य बढेको दाबी गरेका छन् । सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्यसमेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएकाले तेलको भाउ बढाउनु परेको उद्योगीहरुको प्रष्टिकरण छ । केराउ आकाशियोगेडागुडीको भाउ बजारमा बढ्ने क्रममा छ । आयातित गेडागुडीको मूल्य गतवर्षको तुलनामा धेरै नै बढेको तुलाधर बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै भाउ केराउको बढेको छ । गतवर्ष यस समयमा प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँमा पाइने केराउ अहिले प्रतिकिलो १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पर्ने गरेको छ ।‘यो आयातित केराउको भाउ, नेपाली केराउ त अहिले छैन’ तुलाधारले भने ।मसलाको मूल्य कति ?दैनिक भान्छामा प्रयोग हुने जिरा र धनियाँको मूल्य खासै नबढेपछि अरु मसिना मसलाको भाउ बढेको छ । ल्वाङ, सुकुमेल लगायतका विभिन्न मसला मिश्रित मसलाको प्याकेटको भाउ बढेको छ । जिरा प्रतिकिलो ३६० देखि ३८० रुपैयाँसम्म पर्दै आएको छ भने धनियाँ प्रतिकिलो २२० रुपैयाँमाथि छ । यो मूल्य गतवर्षको तुलनामा ३ प्रतिशत मात्रै बढी हो । मासुको भाउ पनि गतवर्षको तुलनामा प्रतिकिलो ३० रुपैयाँभन्दा बढी बढेको छ । यद्यपी, औसत मूल्य तोकिने भनिएको छ । औसत मूल्य नै तोकिएपनि उक्त मूल्यमा उपभोक्ताले नपाउने देखिएको छ ।हरियो प्याज, लसुन र धनियाँको भाउ अचाक्ली बढ्दोहरियो प्याजको भाउ अहिले प्रतिकिलो २ सय रुपैयाँको हाराहारीमा छ । गतवर्ष यतिबेला हरियो प्याज १२० रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।हरियो लसुनको पनि भाउ तेब्बरले बढेको छ । गतवर्ष अधिकतम् १४० रुपैयाँ प्रतिकिलो रहेको हरियो लसुन अहिले ३६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।हरियो धनियाँ भान्छामा दैनिक प्रयोग हुने तरकारीजन्य बस्तु हो । यसको भाउ पनि अहिले अत्याधिक बढेको छ । गतवर्ष पुगनपुग २ सय रुपैयाँ प्रतिकिलोमा पाइने हरियो धनियाँ अहिले ५ सय रुपैयाँ छ ।

उपभोक्तालाई राहत दिन सरकारले खाने तेलमा भन्सार शुल्क घटाउनु पर्छ : तेल उद्योगी

असोज १, विराटनगर । अन्तरराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा समेत त्यसको असर परेकाले उपभोक्तालाई राहत दिन सरकारले भन्सार शुल्क घटाउनु पर्ने उद्योगीले माग गरेका छन ।   भारतले खाने तेलको मूल्य वृद्धिपछि दुई पटक भन्सार शुल्क घटाएको छ । कोरोना महामारीको कारण २० महीनामा नेपाली बजारमा तोरी तेलको मूल्य झण्डै १०० रुपैयाँले वृद्धि भएको छ । कोरोना महामारीका कारण विश्व बजारमा समेत असर परेकाले तोरीको मूल्य २० महीना अघि ४५० डलरबाट बढेर प्रतिक्विन्टल ८५० पुगेपछि तोरीको तेलको मूल्य नेपाली बजारमा प्रतिलिटर १९० बाट २८० पुगेको श्याम एग्रो प्रोडक्ट घरेलु तेल उद्योगका सञ्चालक श्रवणकुमार अग्रवालले बताए ।  अन्तरराष्ट्रिय बजारमा तोरीको दानाको मूल्य बढेमा दशैंमा पनि तोरीको तेलको मूल्य बढ्न सक्छ भने घटेमा घट्न सक्ने उनले बताए ।  उनले भारतमा जस्तै नेपाल सरकारले पनि तोरीको दाना आयतमा लाग्दै आएको ५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटलाई उपभोक्ताको हितमा हटाउनु पर्ने माग गरे । त्यसो गरेमा तत्काल उपभोक्ताले पहिले कै मूल्यमा तेल किन्न पाउने अवस्था आउने बताए । सरकारले भन्सार र भ्याटमा कुनै परिवर्तन नगरे अन्तराष्र्टिय रुपमा कच्चा पदार्थको मूल्य बृद्धि हुनासाथ नेपाली उपभोक्ताले थप ब्याय ब्यहोर्नु पर्ने अवस्था आउने बताए ।  नेपाल बनस्पति ध्यू तथा तेल उत्पादक संघले पनि एक विज्ञप्ति जारी गर्दै खानेतेलको अन्तरराष्ट्रिय बजारमा क्रुड आयल र तोरीको दानाको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको बताएको छ । संघका अध्यक्ष सन्दिपकुमार अग्रवालले संघसंग आवद्ध २० ओटा उद्योगले मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गरि तयारी बस्तु स्थानिय बजार र निकासीसमेत गर्दै आएकोमा केही समयदेखि कच्चा पदार्थको अस्वभाविक मूल्यवृद्धि र ढुवानी भाडाको कारण उत्पादन लागत बढ्न गएकाले मूल्य वृद्धि भएको बताएका छन् ।   अन्तरराष्ट्रिय वजारवाट कच्चा पदार्थ आयात गर्दा अन्तरराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मूल्य निर्धारण हुने भएकाले २० महीना देखिनै कोरोनाको कारण क्रुड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुक्खाको कारण र अन्य राजनीतिक समस्याहरुले खाने तेलको मूल्यमा अस्वाभाविक रुपमा बढ्न भएको अग्रवालले बताए । नेपाल मात्र नभएर भारत लगायत अन्य मुलुकमा समेत खाने तेलको मूल्य वृद्धि भएको उनको भनाइ छ । नेपाल उद्योग बाणीज्य महासंघ केन्द्रीय सदस्य तथा एभरेष्ट सोलभेन्टका सञ्चालक अविनाश बोहोराले अन्तरराष्ट्रिय कच्चा पदार्थमा आधारित उद्योगहरु भएकाले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थमा हुने उतारचढावले यहाको बजार समेत प्रभावित हुने बताए ।  कोभिडको महामारी, अन्तरराष्ट्रिय स्तरमा बढेको ढुवानी भाडा र प्याकिङ सामाग्रीको समेत मूल्य बढेकाले अहिले खानेतेलको मूल्य बढेको हो । मूल्य बढ्दा जहिले पनि उद्योगीहरु मात्रै निशानामा पर्ने गरेको बताउदै बोहोराले सरकारले उपभोक्ताको हितको लागि भन्सार शुल्क घटाउनु पर्ने बताए ।  भारत सरकारले अहिले खानेतेलको मूल्य बढेपछि उपभोक्तालाई मार नपरोस भनेर दुई दुई पटक भन्सार शूल्क घटाएको छ तर नेपाल सरकारले किन त्यसो गर्न सकिरहेको छैन । भोलि समान्य अवस्थामा मूल्य फर्केपछि पुन : भन्सार लगायतको कर लगाउँदा हुने उनले सुझाए ।  सन् २०२० को अप्रिलबाट सोयाविन, सनप्लावर र तोरीको तेलेको अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि हुन थालेको हो । अप्रिलमा ५८९ डलर प्रतिटन मूल्य भएको क्रुड सोयाविन तेल सन् २०२१ मे महीनासम्ममा १ हजार ३६३ डलर प्रतिटन पुगेको उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटि आयल रिफाइनरी संचालक विपिन कावराले बताए । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि बजारमा पनि खानेतेलको मूल्य घटिरहेको उनले उल्लेख गरे ।  एक वर्षअघि ७०४ डलरमा युक्रेनबाट ल्याएको कु्रड सनफ्लावरको तेलको मुल्यमा वृद्धि भई मे २०२१ मा प्रतिमेट्रिक टन १ हजार ४९५ पुग्योे । जसमा यूरोपबाट प्रकाशित हुने आयल वल्र्डको २८ मे २०२१ को डकुमेन्टमा समेत यो जानकारी  स्पष्ट रुपमा उल्लेख भएको कावराले बताए । त्यसैगरी २०२१ जुलाई २ मा प्रकाशित आयल वल्र्ड रिपोर्टमा एक महीनामा क्रुड सोयाविनको तेलको मूल्य प्रतिमेट्रिन टन १ हजार ९५ डलर र सनफ्लावर तेलको मूल्य १ हजार १६० डलरमा झरेको थियो ।  खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत छ । १७ महीनामा कच्चा पदार्थको मूल्यमा भएको दोब्वरभन्दा बढि मूल्य वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैया प्रतिलिटर रहेकोमा हाल सरदर ४५ रुपैयाँभन्दा बढि पुगेको छ ।

के कारणले बढ्यो खाने तेलको मूल्य ?

नेपाली बजारमा खाने तेलको मूल्य बढेको जनगुनासो आईरहेको छ । उद्योगीहरुले कारोनाका कारण विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य बढेका कारण बजारमा खाने तेलको मूल्य बढेको सतही उत्तर दिँदै आएका छन् । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले विभिन्न २ कारणले मूल्य बढेको जनाएको छ ।१) खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा बढी मूल्य वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा बढी पुगीसकेको छ ।२) कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोब्बर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खाने तेलको मुल्यमा प्रति लि. सरदर रु.२०÷– देखी २५÷–सम्म  वृद्धिको असर पर्न गएको छ ।३) सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।४) हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।

खाने तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन्।

खानेतेल उद्योगमा क्षमता उपयोग ४० प्रतिशत मात्र

काठमाडौं । बजारमा खानेतेलको मूल्य अहिलेसम्मकै बढी छ । तेल प्रशोधनका लागि आयात गर्ने कच्चापदार्थको मूल्यवृद्धिसँगै महशूल दर समेत बढेकाले प्रशोधित खानेतेलको मूल्य उच्च भएको नेपाल वनस्पति घ्यू÷तेल उत्पादक संघले बताएको छ । कोभिड–१९ र निषेधाज्ञाका कारण उद्योगहरूले करीब ४० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेको संघले जानकारी दिएको छ । बजारमा प्रशोधित खानेतेलको मूल्यवृद्धिबारे सरोकारवालाबाट धेरै टीकाटिप्पणी आउन थालेपछि संघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै महँगी बढ्नुको कारण बताएको हो । यसअघि प्रशोधित खानेतेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक सोधिएको थियो । संघले उद्योगहरूबाट कुनै प्रकारको कृत्रिम अभाव सृजना गरी मूल्यवृद्धि नभएको प्रस्ट्याउँदै हाल मूल्यवृद्धि हुनुमा अन्तरराष्ट्रिय बजारको मूल्यवृद्धिको समेत कारण रहेको बताएको छ । ‘उद्योगहरूलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरी ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायत देशबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चापदार्थका लागि आयातमै निर्भर हुनुपर्दा अन्तरराष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपाली बजारको मूल्य निर्धारण हुने गर्दछ,’ संघद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । साथै, नेपालका लागि जहाज आउने हल्दिया बन्दरगाह रहेको भारतको पश्चिम बंगाल राज्यमा भएको २ महीना लामो निर्वाचन, निषेधाज्ञा, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगायत कारण नेपाल भन्सारसम्मको ढुवानी असहज र महँगो भएको संघले बताएको छ । यससँगै सहायक कच्चापदार्थ र प्याकेजिङ सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तरराष्ट्रिय बजारमै बढेकाले त्यसको असर खानेतेलको मूल्यमा परेको संघको भनाइ छ । एकातिर अन्तरराष्ट्रिय बजारमा कोभिडको महामारीको प्रभावले महँगी बढेकोे र अर्कोतर्फ सरकारले खानेतेलको महशुल दर पनि दोब्बर बनाएकाले उपभोक्ता मूल्यमा दबाब परेको संघले बताएको छ । संघका अनुसार गतवर्ष खानेतेलको कच्चापदार्थको महशुल दर प्रतिलिटर २० रुपैयाँ रहेकोमा हाल ४० भन्दा बढी पुगिसकेको छ ।  हालसम्म पनि चलनचल्तीको अन्तरराष्ट्रिय मूल्य अनुसार नेपालको मूल्य परिमार्जन हुन नसकेको संघको भनाइ छ । संघमा आबद्ध २० ओटा उद्योगले नियमित रूपमा उत्पादन गरी स्थानीय बजारमा आपूति गर्दै आएको बताइएको छ । चालू आर्थिक वर्षमा घीउ तथा तेलको मूल्यमा थप दबाब परेको नेपाल राष्ट्र बैंकले समेत बताएको छ । गत आवको तुलनामा उक्त वस्तुको मूल्यवृद्धि नियन्त्रण हुन नसक्दा आम उपभोक्ताले महँगी खेप्नुपरिरहेको छ । राष्ट्र बैंकका अनुसार २०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेलको मूल्य २१ दशमलव ३८ प्रतिशतले बढेको छ । यद्यपि, गत आवको तुलनामा चालू आवमा उपभोक्ता मुद्रास्फीति घटेको छ । गत आवको चैत महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव ७४ प्रतिशत रहेकोमा चालू आवको यसै महीनामा ३ दशमलव १० प्रतिशत रहेको छ ।