उपभोक्तालाई राहत दिन सरकारले खाने तेलमा भन्सार शुल्क घटाउनु पर्छ : तेल उद्योगी

असोज १, विराटनगर । अन्तरराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा समेत त्यसको असर परेकाले उपभोक्तालाई राहत दिन सरकारले भन्सार शुल्क घटाउनु पर्ने उद्योगीले माग गरेका छन ।   भारतले खाने तेलको मूल्य वृद्धिपछि दुई पटक भन्सार शुल्क घटाएको छ । कोरोना महामारीको कारण २० महीनामा नेपाली बजारमा तोरी तेलको मूल्य झण्डै १०० रुपैयाँले वृद्धि भएको छ । कोरोना महामारीका कारण विश्व बजारमा समेत असर परेकाले तोरीको मूल्य २० महीना अघि ४५० डलरबाट बढेर प्रतिक्विन्टल ८५० पुगेपछि तोरीको तेलको मूल्य नेपाली बजारमा प्रतिलिटर १९० बाट २८० पुगेको श्याम एग्रो प्रोडक्ट घरेलु तेल उद्योगका सञ्चालक श्रवणकुमार अग्रवालले बताए ।  अन्तरराष्ट्रिय बजारमा तोरीको दानाको मूल्य बढेमा दशैंमा पनि तोरीको तेलको मूल्य बढ्न सक्छ भने घटेमा घट्न सक्ने उनले बताए ।  उनले भारतमा जस्तै नेपाल सरकारले पनि तोरीको दाना आयतमा लाग्दै आएको ५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटलाई उपभोक्ताको हितमा हटाउनु पर्ने माग गरे । त्यसो गरेमा तत्काल उपभोक्ताले पहिले कै मूल्यमा तेल किन्न पाउने अवस्था आउने बताए । सरकारले भन्सार र भ्याटमा कुनै परिवर्तन नगरे अन्तराष्र्टिय रुपमा कच्चा पदार्थको मूल्य बृद्धि हुनासाथ नेपाली उपभोक्ताले थप ब्याय ब्यहोर्नु पर्ने अवस्था आउने बताए ।  नेपाल बनस्पति ध्यू तथा तेल उत्पादक संघले पनि एक विज्ञप्ति जारी गर्दै खानेतेलको अन्तरराष्ट्रिय बजारमा क्रुड आयल र तोरीको दानाको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको बताएको छ । संघका अध्यक्ष सन्दिपकुमार अग्रवालले संघसंग आवद्ध २० ओटा उद्योगले मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गरि तयारी बस्तु स्थानिय बजार र निकासीसमेत गर्दै आएकोमा केही समयदेखि कच्चा पदार्थको अस्वभाविक मूल्यवृद्धि र ढुवानी भाडाको कारण उत्पादन लागत बढ्न गएकाले मूल्य वृद्धि भएको बताएका छन् ।   अन्तरराष्ट्रिय वजारवाट कच्चा पदार्थ आयात गर्दा अन्तरराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मूल्य निर्धारण हुने भएकाले २० महीना देखिनै कोरोनाको कारण क्रुड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुक्खाको कारण र अन्य राजनीतिक समस्याहरुले खाने तेलको मूल्यमा अस्वाभाविक रुपमा बढ्न भएको अग्रवालले बताए । नेपाल मात्र नभएर भारत लगायत अन्य मुलुकमा समेत खाने तेलको मूल्य वृद्धि भएको उनको भनाइ छ । नेपाल उद्योग बाणीज्य महासंघ केन्द्रीय सदस्य तथा एभरेष्ट सोलभेन्टका सञ्चालक अविनाश बोहोराले अन्तरराष्ट्रिय कच्चा पदार्थमा आधारित उद्योगहरु भएकाले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थमा हुने उतारचढावले यहाको बजार समेत प्रभावित हुने बताए ।  कोभिडको महामारी, अन्तरराष्ट्रिय स्तरमा बढेको ढुवानी भाडा र प्याकिङ सामाग्रीको समेत मूल्य बढेकाले अहिले खानेतेलको मूल्य बढेको हो । मूल्य बढ्दा जहिले पनि उद्योगीहरु मात्रै निशानामा पर्ने गरेको बताउदै बोहोराले सरकारले उपभोक्ताको हितको लागि भन्सार शुल्क घटाउनु पर्ने बताए ।  भारत सरकारले अहिले खानेतेलको मूल्य बढेपछि उपभोक्तालाई मार नपरोस भनेर दुई दुई पटक भन्सार शूल्क घटाएको छ तर नेपाल सरकारले किन त्यसो गर्न सकिरहेको छैन । भोलि समान्य अवस्थामा मूल्य फर्केपछि पुन : भन्सार लगायतको कर लगाउँदा हुने उनले सुझाए ।  सन् २०२० को अप्रिलबाट सोयाविन, सनप्लावर र तोरीको तेलेको अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि हुन थालेको हो । अप्रिलमा ५८९ डलर प्रतिटन मूल्य भएको क्रुड सोयाविन तेल सन् २०२१ मे महीनासम्ममा १ हजार ३६३ डलर प्रतिटन पुगेको उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटि आयल रिफाइनरी संचालक विपिन कावराले बताए । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि बजारमा पनि खानेतेलको मूल्य घटिरहेको उनले उल्लेख गरे ।  एक वर्षअघि ७०४ डलरमा युक्रेनबाट ल्याएको कु्रड सनफ्लावरको तेलको मुल्यमा वृद्धि भई मे २०२१ मा प्रतिमेट्रिक टन १ हजार ४९५ पुग्योे । जसमा यूरोपबाट प्रकाशित हुने आयल वल्र्डको २८ मे २०२१ को डकुमेन्टमा समेत यो जानकारी  स्पष्ट रुपमा उल्लेख भएको कावराले बताए । त्यसैगरी २०२१ जुलाई २ मा प्रकाशित आयल वल्र्ड रिपोर्टमा एक महीनामा क्रुड सोयाविनको तेलको मूल्य प्रतिमेट्रिन टन १ हजार ९५ डलर र सनफ्लावर तेलको मूल्य १ हजार १६० डलरमा झरेको थियो ।  खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत छ । १७ महीनामा कच्चा पदार्थको मूल्यमा भएको दोब्वरभन्दा बढि मूल्य वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैया प्रतिलिटर रहेकोमा हाल सरदर ४५ रुपैयाँभन्दा बढि पुगेको छ । 

सम्बन्धित सामग्री

खाने तेल नेपालतर्फ तस्करी भइरहेको छ : वाणिज्य विभाग

१४ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा खाने तेल तस्करी भएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै कुन देशबाट तेल तस्करी भएको हो भन्ने नखुलाई तस्करीको तेल भएको र यस्ता कार्यलाई प्रोत्साहन नर्गन उद्योगी व्यवपारीहरुलाई आग्रह गरेको हो । विभागले खाने तेलको अवैध रुपमा आयात गरी कारोबार गरेको पाइएमा […]

५० लाख बराबरको खाने तेल चोरी गरी बेच्ने ४ जना सार्वजनिक

काठमाडौं । ५० लाख रुपैयाँ बराबरको खाने तेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोर अन्तर्गत मनकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्‍याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो । उद्योगले […]

५० लाख बराबरको खाने तेल चोरी गरेको आरोपमा चारजना पक्राउ

प्रहरीले ५० लाख बराबरको खाने तेल चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ।

त्रिशूलीमा खस्यो खाने तेल बोकेको ट्रक

धादिङ । विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नं.को ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब २०० तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त […]

भारतको नीतिले खर्बौंको लगानी संकटमा– खाने तेल उद्योगी

खाने तेल उद्योगीहरूले भारतले लिएको पछिल्लो नीतिले आफूहरु समस्यामा परेको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगीहरूले भारतले लिएको शून्य भन्सार नीतिले नेपालका उद्योग संकटमा परेको जनाएका हुन् ।नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले नेपालमा सञ्चालित २२ वटा यस्ता उद्योग संकटमा परेको जनाएको छ । संघका अध्यक्ष सञ्जीव अग्रवालले भने, ‘भारतले विदेशबाट आयात हुने खाने तेलको कच्चा पदार्थको भन्सार शून्यमा झारेको छ । यसबाट नेपालका उद्योग समस्यामा परेका छन् ।’यस्तै, आगामी आर्थिक वर्षको

वीरगञ्ज नाकाबाट ८ महीनामा ५३ अर्बको खाने तेल निर्यात

वीरगञ्ज, चैत १३ । भारतले खाने तेल आयातमा सीमा शुल्क घटाएपछि नेपालबाट यसको निकासी बन्द हुने अनुमानविपरीत अहिले पनि निर्यात व्यापारमा तेल नै अग्रस्थानमा देखिएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले आन्तरिक बजारमा तेलको भाउ आकाशिए पनि यही बढ्दो मूल्य निकासी व्यापारका लागि भने सहज बनेको छ । समुद्रपारबाट नेपालमा कच्चा पदार्थ […]

हुम्लामा पहिलोपटक सहुलियत दरमा खाने तेल बेच्दै खाद्य

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनी हुम्ला शाखाले सहुलियतमा खाने तेल बिक्री गर्ने भएको छ। लिमिटेडले प्रादेशिक कार्यालय सुर्खेतबाट सो तेल हवाई मार्गबाट हुम्लामा ढुवानी गरेको हो। लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले पहिलोपटक शाखाबाट सहुलियतमा खाने तेल सर्वसाधारणलाई बिक्री गर्न लागिएको जानकारी दिए। जिल्लामा तेलको मूल्य महङ्गो छ। सर्वसाधारणले बजारमा धारा तेल […]

सरकारलाई उद्योगीले भने- कच्चा पदार्थको मूल्य बढेकाले खाने तेल महँगियो

खाने तेल उत्पादक उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताएका छन्।

कृतिम मूल्य वृद्धि नगरेको खाने तेल उत्पादक संघको दावी

खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको स्ष्ष्टीकरण दिएको छ ।संघले सोमबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ ।“ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र […]

खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं

१७ जेठ, काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]