खानेतेल उद्योगमा क्षमता उपयोग ४० प्रतिशत मात्र

काठमाडौं । बजारमा खानेतेलको मूल्य अहिलेसम्मकै बढी छ । तेल प्रशोधनका लागि आयात गर्ने कच्चापदार्थको मूल्यवृद्धिसँगै महशूल दर समेत बढेकाले प्रशोधित खानेतेलको मूल्य उच्च भएको नेपाल वनस्पति घ्यू÷तेल उत्पादक संघले बताएको छ । कोभिड–१९ र निषेधाज्ञाका कारण उद्योगहरूले करीब ४० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेको संघले जानकारी दिएको छ । बजारमा प्रशोधित खानेतेलको मूल्यवृद्धिबारे सरोकारवालाबाट धेरै टीकाटिप्पणी आउन थालेपछि संघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै महँगी बढ्नुको कारण बताएको हो । यसअघि प्रशोधित खानेतेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक सोधिएको थियो । संघले उद्योगहरूबाट कुनै प्रकारको कृत्रिम अभाव सृजना गरी मूल्यवृद्धि नभएको प्रस्ट्याउँदै हाल मूल्यवृद्धि हुनुमा अन्तरराष्ट्रिय बजारको मूल्यवृद्धिको समेत कारण रहेको बताएको छ । ‘उद्योगहरूलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरी ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायत देशबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चापदार्थका लागि आयातमै निर्भर हुनुपर्दा अन्तरराष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपाली बजारको मूल्य निर्धारण हुने गर्दछ,’ संघद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । साथै, नेपालका लागि जहाज आउने हल्दिया बन्दरगाह रहेको भारतको पश्चिम बंगाल राज्यमा भएको २ महीना लामो निर्वाचन, निषेधाज्ञा, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगायत कारण नेपाल भन्सारसम्मको ढुवानी असहज र महँगो भएको संघले बताएको छ । यससँगै सहायक कच्चापदार्थ र प्याकेजिङ सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तरराष्ट्रिय बजारमै बढेकाले त्यसको असर खानेतेलको मूल्यमा परेको संघको भनाइ छ । एकातिर अन्तरराष्ट्रिय बजारमा कोभिडको महामारीको प्रभावले महँगी बढेकोे र अर्कोतर्फ सरकारले खानेतेलको महशुल दर पनि दोब्बर बनाएकाले उपभोक्ता मूल्यमा दबाब परेको संघले बताएको छ । संघका अनुसार गतवर्ष खानेतेलको कच्चापदार्थको महशुल दर प्रतिलिटर २० रुपैयाँ रहेकोमा हाल ४० भन्दा बढी पुगिसकेको छ ।  हालसम्म पनि चलनचल्तीको अन्तरराष्ट्रिय मूल्य अनुसार नेपालको मूल्य परिमार्जन हुन नसकेको संघको भनाइ छ । संघमा आबद्ध २० ओटा उद्योगले नियमित रूपमा उत्पादन गरी स्थानीय बजारमा आपूति गर्दै आएको बताइएको छ । चालू आर्थिक वर्षमा घीउ तथा तेलको मूल्यमा थप दबाब परेको नेपाल राष्ट्र बैंकले समेत बताएको छ । गत आवको तुलनामा उक्त वस्तुको मूल्यवृद्धि नियन्त्रण हुन नसक्दा आम उपभोक्ताले महँगी खेप्नुपरिरहेको छ । राष्ट्र बैंकका अनुसार २०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेलको मूल्य २१ दशमलव ३८ प्रतिशतले बढेको छ । यद्यपि, गत आवको तुलनामा चालू आवमा उपभोक्ता मुद्रास्फीति घटेको छ । गत आवको चैत महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव ७४ प्रतिशत रहेकोमा चालू आवको यसै महीनामा ३ दशमलव १० प्रतिशत रहेको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङ अदालतद्वारा ४० प्रतिशत मुद्दा फर्स्याेट

जिल्ला अदालत ताप्लेजुङले चालु आवको ६ महिना अवधिमा ४० प्रतिशत मुद्दा फस्र्योट गरेको छ।

नर्भिकले ४० प्रतिशत लाभांश दिने

साधारण सेयरको प्राथमिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेसन हस्पिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । अस्पताल सञ्चालक समितिले आर्थिक वर्ष ०७८–७९ को नाफाबाट  आफ्ना सेयरधनीलाई ४०...

आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांशको घोषणा

थापाथलीस्थित नर्भिक अस्पतालले आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

कैलालीमा सवा ३ बजेसम्म ४० प्रतिशत मतदान

काठमाडौँ- कैलालीमा अपराह्न ३ः१५ सम्म ४० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी ४० प्रतिशत मत खसेको हो । जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् । आज दिउँसो ३ः१५ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको उनले बताए । कैलालीमा पाँच […]

कैलालीमा ४० प्रतिशत मत खस्यो

धनगढी : कैलालीमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी झण्डै २ लाख १४ मत खसेको हो।जिल्लामा ५ लाख ३५ हजार ५१४ मतदाताले मतदाता छन्। आइतबार दिउँसो साढे २ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको हो। कैलालीमा प्रतिनिधिसभाका ५ सदस्य र प्रदेशसभाका १० जना सदस्यका लागि निर्वाचन हुँदै छ।

सिरहामा ४० प्रतिशत मतदान सम्पन्न

सिरहामा ४० प्रतिशत मत खसेको छ। दिउँसो साढे २ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४० प्रतिशत (१ लाख ७० हजार वढी) मत खसेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी...

म्याग्दीमा ४० प्रतिशत मत खस्यो

म्याग्दी– प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा म्याग्दीमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १२ बजेसम्म  म्याग्दीमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।  म्याग्दीमा एक सय २० वटा मतदान केन्द्र छन् । सबै केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।  म्याग्दीमा ८६ हजार मतदाता छन् । म्याग्दीमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

कास्कीमा ४० प्रतिशत मत खस्यो

गण्डकी, वैशाख ३० । स्थानीय तह निर्वाचनअन्तर्गत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म करिव ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा […]

प्राप्त गरेका सबै इमेल मध्ये ४० प्रतिशत इमेल खतरनाक

प्राप्त गरिने सम्पूर्ण ईमेल मध्ये ४० प्रतिशत ईमेल हानीकारक हुने गरेको एक रिपोर्टले देखाएको छ । होर्नेट सेक्युरिटीले गरेको एक पछिल्लो अन्वेषण अनुसार प्राप्त गरेका कुल इमेल मध्ये ४० प्रतिशत प्राप्त गरिने ईमेलमा फिशिङ, म्यालवेयर र अरु सुरक्षा खतराहरु हुने गर्दछन् । धेरैजसो ईमेल अनवान्टेड हुने गर्दछन्, जसमा ८० प्रतिशत ईमेल सेक्युरिटी फिल्टरले ब्लक हुने गर्दछन् । १५.४...

नेपालमा ४० प्रतिशत क्षयरोगीमा कोरोना संक्रमण

काठमाडौं, असार २० । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामीमा कोरोना संक्रमण देखिएको एक अध्ययनले देखाएको छ । क्षयरोग केन्द्रले गरेको अध्ययनले देशभर ४० प्रतिशत क्षयरोगीमा संक्रमण देखिएको हो । छातिरोग विशेषज्ञ डा. नविन प्रसाद शाहले क्षयरोग देखिएका व्यक्तिमा संक्रमण देखिए छिटै निमोनियाको समस्या देखिने हुदा समयमा नै सजगता अपनाउन आग्रह गर्नुभएको छ । क्षयरोग र […]