गएको वर्ष घिउ–तेलमा १७ प्रतिशत मूल्य वृद्धि, ज्याला भने साढे एक प्रतिशतमात्रै बढ्यो

काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपालमा तीन दशमलव ६० प्रतिशतले मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार गएको आर्थिक वर्ष समग्रमा उपभोक्ता मूल्य वृद्धि साढे तीन प्रतिशतभन्दा धेरै कायम भएको हो ।  तर घिउ तथा तेलको मूल्य साढे १७ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ५४ प्रतिशत, सुर्तीजन्य पदार्थको नौ दशमलव ८३ र यातायात उपसमूहको वार्षिक औसत मूल्य वृद्धि ६ दशमलव ४१ प्रतिशत रहेको छ । यद्यपि बजार मूल्य वृद्धि अनुसार कर्मचारी तथा मजदुरको तलब भने बढेको छैन । आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक औसत तलब तथा ज्...