आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत दलहरुले बानेश्वर क्षेत्रमा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर […]

सम्बन्धित सामग्री

कांग्रेस सरकारमा रहँदा कुशासन किन? तस्वीरहरू

काठमाडौं : एनसेलले करछलि गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। केन्द्रीय तदर्थ समितिले आज काठमाडौंमा विरोधमा प्रदर्शन गरेको हो।संघले पध्मकन्या क्याम्पसबाट सुरू भएको प्रदर्शन बागबजार , तिनधारा, जमल हुँदै शान्तिबाटिकासम्म पुगेको थियो।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ – आज दिनभर यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा रिट, राष्ट्रपतिले संविधानको गम्भीर उल्लघंन गरेको आरोप, राष्ट्रपतिको विरोधमा प्रदर्शन, फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु […]

मूल्यवृद्धिको आक्रोश सडकमा, तस्वीरहरू

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ। युवा संघले मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ। यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र…

रातोपाटी ब्रिफिङ : सर्वोच्चमा तनाव कायमै, एमसीसीको विरोधमा प्रदर्शन

रातोपाटी डटकमको सन्ध्याकालीन बुलेटिन ‘रातोपाटी ब्रिफिङ’मा सबैलाई स्वागत छ । आज मिति २०७८ साल मंसिर ३ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ ।१.सर्वोच्चमा तनाव कायमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच शुक्रबार पनि अदालत परिसरमा तनाव भएको छ । झडपमा कानुन व्यावसायी लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाक

बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतको मुल गेटबाट ५ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । नेपाल बार एसोसियशनहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा अगाडी प्रदर्शन गर्दै गर्दा बारको विरुद्धमा उत्रिएका ५ जना पक्राउ परेका हुन् । आइतबार पक्राउ पर्नेमा गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जना रहेका छन् । प्रधानन्यायाधीशलाई कार्यालयमा […]

कर्मचारीमाथि दुर्व्यवहारको विरोधमा प्रदर्शन

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले  हिजो जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ।नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कार्यकारिणी समिति र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले पाखुरामा कालो पट्टी बाँधेर मौन विरोध गरेका हुन्।अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै हिजो निमित प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली नगर घुमाइएको थ

एमसीसीको विरोधमा विमानस्थल परिसरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २२ भदौ । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा काठमाडौंमा आजपनि प्रदर्शन भएको छ । त्रिभुवन विमानस्थल आसपासमा आज प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियानले आज एमसीसीको विरोधमा प्रदर्शन गरेको हो ।  सरकारले एमसीसी संसद्बाट पारित गने तयारी गरिरहेको बेला त्यसको विरोधमा प्रदर्शन भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

आरआर र अमृत साइन्स कलेज अगाडि अनेरास्ववियुले जलायो अध्यादेश

काठमाडौं : नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्धको प्रदर्शनलाई आज पनि जारी राख्यो। सो क्रममा अध्यादेशविरुद्ध अनेरास्ववियुका नेताहरु आज पनि विभिन्न क्याम्पस अगाडि प्रदर्शनमा उत्रिए। अनेरास्ववियुले आज रत्न राज्यलक्ष्मी क्याम्पस र अमृत साइन्स कलेज अगाडि अध्यादेशको विरोधमा प्रदर्शन गरे। प्रदर्शनको क्रममा विद्यार्थी नेताहरुले अध्यादेशको प्रति जलाए भने…

मुख्यमन्त्री कार्यालय अगाडि सञ्चार विधेयकको विरोधमा प्रदर्शन

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै विभिन्न ठाउँबाट विरोध  भइरहको बेला आज शान्ति समाज नेपालले पनि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ ।विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाज नेपालका अध्यक्ष गोविन्द खनालले  लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता विरोधी विधेयक लुम्बिनी प्रदेश सभामा पेश गरिएको भन्दै