बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ। यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र…

सम्बन्धित सामग्री

काठमाण्डौसहित धेरै ठाउँमा आज पनि बिहानैदेखि घाम चर्कियो, गर्मी बढ्दै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज पनि  बिहानैदेखि घाम चर्किएको छ । पश्चिमी वायु कमजोर बनेसँगै घाम चर्किन थालेको मौसमविद् संजिव अधिकारीले बताउनुभयो । पानी पर्न रोकिएर घाम चर्किन थालेसँगै गर्मी बढ्न थालेको छ । अघिल्लो हप्ता लगातार मौसम बदली भइ पानी पर्दा अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको थियो । तर, हिजो अस्तिदेखि फेरि तापक्रम बढ्न थालेको छ । तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस भन्दा धेरै छ। काठमाण्डौमा हिजो अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको ...

१८ महिने बालिका बलात्कार प्रकरण : झन् चर्कियो आन्दोलन

काठमाडौँ । १८ महिने नाबालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेलाई कडा कारबाहीको माग गर्ने आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। बुधवार (आज) सुन्दरहरैँचास्थित गछिया चोकमा महिलाहरूको एउटा समूहले सडक छेउमा प्लेकार्डमा विभिन्न माग राख्दै उभिएर आन्दोलन गरेका थिए । मङ्गलवार आन्दोलन गर्ने ११ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना महिला र ५ […]

डेढ वर्षे बालिका बलात्कार प्रकरण : चर्कियो आन्दोलन

१८ महिने बालिका बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा आज पनि मोरङको गछियामा प्रदर्शन भएको छ । स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन चर्काउँदै आएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबा

रातोपाटी ब्रिफिङ : माओवादीमा चर्कियो विवाद, केन्द्रीय समितिमा घमासान

आज मिति २०७८ साल फागुन १९ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ :१. माओवादीमा विवाद चर्कियोएमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । पार्टीभित्रको नारायणकाजी श्रेष्ठ समूहले अध्यक्ष प्रचण्डको कडा आलोचना गर्दै आएको छ । सोही विषयलाई शुक्रबारको केन्द्रीय समितिमा श्रेष्ठ समूहले सशक्त रुपमा उठाउने तयारी गरेको छ ।माओवादीमा नारायणकाजी पक्षधरको निष्कर्ष : प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छै

एमसीसीविरोधी आन्दोलन चर्कियो (फोटोफिचर)

काठमाडौं, १५ फागुन । सरकारले एमसीसी पास गर्ने अन्तिम तयारी गरेपछि काठमाडौंमा यसको विरोधमा प्रदर्शन चर्किएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले एमसीसी व्याख्यात्मक टिप्पणीसहित आजै पास गराउने सहमति गरेपछि काठमाडौंमा एमसीसीविरोधी आन्दोलन चर्किएको हो । आज बस्ने संसद् बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने बताईएको छ । आजै बस्ने अर्को सेसनमा भने एमसीसी निर्णयार्थ पेश […]

एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो, बिजुली बजारमा झडप

काठमाण्डाै – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।  प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गाेलीसमेत चलाएको छ । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी...

नोबेल मेडिकल कलेजमा आन्दोलन थप चर्कियो

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा अतिरिक्त शुल्कविरुद्ध भइरहेको आन्दोलन थप चर्किएको छ।एमबिबिएस प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूले आज (मंगलबार)  अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका छन्।कलेज प्रशासनले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्नाका साथै पठनपाठनमा रोक लगाएपछि  विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन्।विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् भने उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियागिरी अन्त्य गर्न  माग समेत राखेक

जनकपुरधाम उपमहानगरमा जनप्रतिनिधिबीच पुनः विवाद चर्कियो

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिबीच पुनः विवाद चर्केको छ । वडाको योजना परिवर्तन गरेको आरोप लगाउँदै छलफल गर्न उपमहानगरपालिका पुगेका वडाध्यक्षहरु र मेयर लालकिशोर साह पक्षबीच तनाव भएको हो । दुबै पक्षबीच होहल्ला भएपछि उपमहानगरपालिकामा ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका छन् । एक कर्मचारीका अनुसार सुरक्षाकर्मीले नरोकेको भए आज मेयर साह र वडाध्यक्षहरुबीच झडप नै हुने […]