एमसीसीको विरोधमा विमानस्थल परिसरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २२ भदौ । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा काठमाडौंमा आजपनि प्रदर्शन भएको छ । त्रिभुवन विमानस्थल आसपासमा आज प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियानले आज एमसीसीको विरोधमा प्रदर्शन गरेको हो ।  सरकारले एमसीसी संसद्बाट पारित गने तयारी गरिरहेको बेला त्यसको विरोधमा प्रदर्शन भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।...

एमसीसीको विरोध गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

एमसीसीको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । ‘नो एमसीसी’ लेखिएको ब्यानरसहित नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । पार्टी जनवर्गीय संगठनहरुको आयोजनामा भएको प्रदर्शन बबरमहलबाट सुरु भएर बानेश्वरसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले एमसीसी राष्ट्रघाती रहेको भन्दै चर्को नाराबाजी गरेका थिए । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ ।

एमसीसीको विरोध गर्ने ५२ जना पक्राउ

काठमाडौँ, ४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत […]

एमसीसीको विरोधमा राप्रपाले पनि प्रदर्शन गर्ने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ । बुधवार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय सङ्गठनहरूको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।

हेटौंडामा पनि एमसिसीविरुद्ध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसिसीविरुद्ध प्रदर्शन गरिएको छ ।  हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए। गठबन्धनको प्रदर्शनलाई…

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्तेलगायतका चर्क