लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै विभिन्न ठाउँबाट विरोध भइरहको बेला आज शान्ति समाज नेपालले पनि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ ।विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाज नेपालका अध्यक्ष गोविन्द खनालले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता विरोधी विधेयक लुम्बिनी प्रदेश सभामा पेश गरिएको भन्दै