कांग्रेस सरकारमा रहँदा कुशासन किन? तस्वीरहरू

काठमाडौं : एनसेलले करछलि गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। केन्द्रीय तदर्थ समितिले आज काठमाडौंमा विरोधमा प्रदर्शन गरेको हो।संघले पध्मकन्या क्याम्पसबाट सुरू भएको प्रदर्शन बागबजार , तिनधारा, जमल हुँदै शान्तिबाटिकासम्म पुगेको थियो।

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्व नेविसंघको प्रदर्शन- 'कांग्रेस सरकारमा हुँदा कुशासन किन?'

सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा यथासिघ्र उपकूलपति नियुक्त गर्न माग गरेको छ । बिहीबार प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै नेविसंघले वर्तमान सरकारले भ्रष्टाचार निवारणमा पहल गरेपनि सुशासन कायम गर्न नसकेको आरोप लगायो ।

कांग्रेस सरकारमा रहँदा कुशासन किन?

काठमाडौँ - नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध आन्दोलन भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।  कांग्रेस सरकारमा रहँदा कुशासन किन? भन्दै नेविसंघले बिहीबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो । उनीहरूले एनसेल प्रकरणमा अर्बौँ भ्रष्टाचार भएकाले यसको गम्भीर रुपमा छानबिन गर्नुपर्ने म...

कांग्रेस सरकारमा रहँदा कुशासन किन?

काठमाडौँ - नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध आन्दोलन भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।  कांग्रेस सरकारमा रहँदा कुशासन किन? भन्दै नेविसंघले बिहीबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो । उनीहरूले एनसेल प्रकरणमा अर्बौँ भ्रष्टाचार भएकाले यसको गम्भीर रुपमा छानबिन गर्नुपर्ने म...

कांग्रेस सरकारमा रहँदा कुशासन किन ? [फोटोफिचर]

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सरकारमा रहेका बेलामा किन कुशासन भन्दै प्रश्न गरेको छ ।

कांग्रेस सरकारमा रहँदा कुशासन किन ? [फोटोफिचर]

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सरकारमा रहेका बेलामा किन कुशासन भन्दै प्रश्न गरेको छ ।

मौलाउँदो कुशासन

देशमा भ्रष्टाचार, कुशासन र कमिसनतन्त्र मौलाउँदै गइरहेको छ । हाम्रा राजनीतिक दल र सरकारमा रहेर नेतृत्व गरेका शासक सुशासन दिन असफल हुँदै आइरहेका छन् । सरकारले फेरि पनि जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्ला केही महिनामा सरकारले एकपछि अर्को गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा जनता आहात हँुदै आइरहेका छन् । यसले […] The post मौलाउँदो कुशासन appeared first on राजधानी राष्ट्रिय दैनिक.

७ दलले बनाए ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरूले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलित पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्त मोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रूपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् । देशमा भ्रष्टाचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीत

देश विकास किन भएन

प्रायः व्यक्तिहरूको जीवन संघर्षमय हुन्छ तापनि उसले आफ्नो जीवनमा मेहनत गरी प्रायः सबै कुरा प्राप्त गरेको हुन्छ । फरक यत्ति हो, जसले गलत तरीकाले सम्पत्ति कमाएको हुन्छ, त्यो क्षणिक हुन सक्छ । आफ्नो रगत पसिनाले कमाएका चिजहरू लामो समयसम्म रहिरहने हुन्छ । हामीले हाम्रो मुलुकमा यही सोचलाई फैलाउनु जरुरी छ । यसो भएमा हामीले विदेशीसँग लोकतन्त्र आएर पनि सधैं हात फैलाउन पर्नेछैन । अन्यथा मगन्ते मानसिकताको अन्त कहिल्यै हुन सक्दैन । हाम्रो देशमा राजनीतिक अन्योलले यहाँका मानिसले लोकतन्त्रको सही आनन्द लिन सकेका छैनन् । एउटा तथ्य सत्य कुरा के छ भने हाम्रो मुलुकमा सरकार बन्छ अनि शुरू हुन्छ, अहम् भावना । आफ्नो मान्छे चाहिने, भिजनको कमी, अल्झने वातावरण, कार्यकर्ताको चिन्तामा सत्ता अड्किन्छ । हाम्रो मुलुकमा सबथोक छ । विकासका लागि तापनि सधैं देश द्रुत विकासमा जान नसक्नु अचम्मको कुरा हो । यसका मुख्य कारण सरकार लापरवाही हुनु, अल्छी हुनु तर उसमा इच्छा शक्ति नहुनु नै हो । हामी भगवानसँग प्रार्थना गर्छौं कि यिनीहरूलाई शक्ति देऊ । सरकार मात्र होइन, मुलुकमा प्रतिपक्षी पनि कम छैन । जब देशमा सत्तापक्षको राज हुन्छ, तब प्रतिपक्षको जिउ चिलाउन शुरू हुन्छ । डाह, झगडा, खुट्टा टान्ने आदि रोगले गरेर उसले सरकारलाई ढलाई छोड्छ, यसरी बाँदर फरमुलाको अन्त्य हुन्छ र प्रतिपक्ष सफल हुन्छ, जुन हामीले प्रत्यक्ष रूपमा देखिराखेका छौं । शिक्षाको कमी, धैर्यको कमी आदिले यसो भएको हो । त्यसैले अब यस्तो कुसंस्कारको अन्त्य हुनु जरुरी छ । पार्टीहरू आलु पार्टी जस्तो भइराख्ने हो भने मुलुकको द्र्रुत विकास कसरी हुन्छ र लोकतन्त्र आएको के औचित्य भयो र ? हिमाल पहाड तराई यी तिनै भागका प्रदेशहरूमा मुलुक हाक्नेहरू कलह नगरी राम्रो सोच लिएर अघि बढ्ने हो भने यी सुन फल्ने ठाउँ हुन् । हिमाल पहाडमा जलविद्युत, पर्यटन, फलपूmल तथा जडीबुटी व्यवसाय आदीले मात्र अर्बौं रकम आर्जन गर्न सक्छौं । यसका लागि सरकारले सोच्ने नै राजमार्ग र जलविद्युत्को द्रुत विकास गर्नु हो, जुन अभैm अलपत्र परिराखेका छन् । अब तराई क्षेत्रको कुरा गर्ने हो भने यो क्षेत्रमा कृषि तथा उद्योग विकासको सम्भावना छ , धेरै समथल भूमि, कृषिजन्य बीउ तथा उद्योगका लागि कच्चा पदार्थ आयातजस्ता कुराहरू सुलभ हुनुका कारणले गर्दा यी ठाउँबाट पनि पर्याप्त आम्दानी गर्न सकिन्छ । यसका लागि तराईका प्रदेश सरकारहरू नै फुर्तिलो हुन जरुरी देखिन्छ । हुन त हाम्रो देशमा राम्रा नेताहरू पनि नभएका होइनन् । साथै, राम्रा पढेलेखेका बुद्धिजीवीहरू पनि थुप्रै छन्, तर केही खराब संस्कारले गर्दा मुलुक गलत दिशातर्पm गइराखेको छ । मुलुक जसरी द्रुत विकासमा जानुपर्ने हो त्यो गइराखेको छैन । अन्यथा ऋणभार, सरकार पुरा नटिक्नु, बेरोजगार समस्या उस्तै हुनु आदि कारण नै यो देशको ठूलो समस्या हो । देश चलाउनेहरू बलियो हुने हो भने यो समस्या खासै ठूलो होइन । यिनीहरू देशका लागि परिवर्तन हुनुप¥यो भनाइको मतलब नेताहरू सधंै कलहमा अल्झिरहनु भएन । हाम्रो देशमा नेताहरू ठूला सोच राख्छन्, पूर्वाधारका कुराहरू गर्छन्, तर कामहरू उति हुन सकेको छैन । निजीक्षेत्रबाट भने अलिअलि विकास भएको देखिन्छ । अहिले देशमा संघीय, प्रदेश र स्थानीय तहका सरकारी कर्मचारीहरूले काम गरेर देखाउनु जरुरी छ । यी क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, गरीबी निवारण तथा राजमार्गमा यिनीहरूको योगदानको खाँचो छ । मुलुकमा केही विकास भएकै छैन भन्नचाहिँ मिल्दैन । यसमा कसैले सकारात्मक सोच राखिराखेको हुन्छ भने कसैले नकारात्मक सोच राखेको हुन्छ । देशमा जुनसुकै सरकारले राज गरे पनि जब सरकारले सानोतिनो काममा ध्यान दिँदै जान्छ र गर्छ त्यो सरकार अवश्य पनि प्रिय हुन्छ । महँगी नियन्त्रण, बाटोघाटो निर्माण, फोहोर व्यवस्थापन, फ्रि पार्क, शौचालय आदि कुरामा ध्यान दिएर समस्याको समाधान गर्न सक्नुपर्छ । सरकारहरू यस्तो समस्याको समाधान गर्ने क्षमता देखिएको छैन । सरकारमा बसेर देश चलाउनेहरू आफ्नो मान्छे र पराइ भन्ने अनि कलह मात्र अल्झेर बस्ने हो भने यो क्षेत्रमा आउनुुको कुनै औचित्य छैन । तर, यिनीहरूलाई जति सुनाए पनि बैरो भालुलाई पुराण सुनाए जस्तो हो । हुन त हाम्रो काम यिनीहरूलाई सुझाव दिनु हो । नेताहरू परिवर्तन भएर राम्रो काम गरे भने उनीहरूलाएै आत्म गौरव हुनुका साथै आनन्द पनि आउँछ । तर, गलत काम गरेर सम्पत्ति मात्र आर्जन गर्ने हो भने न त आफ्नो भविष्य राम्रो हुन्छ न त आउने पुस्ताको भविष्य राम्रो हुन्छ । त्यो त समयले बताउने कुरा हो । नेताहरूले यसबारे सोेचविचार गर्नुपर्ने हो । देशमा लोकतन्त्र ल्याउन संघर्ष गरेको नेताहरूले यो मनमा राख्नुपर्छ कि हामीले यो मुलुकको लागि जति गर्नुपर्ने गरिसक्यौं तापनि सर्वसाधारणका लागि हामी दलहरू केही परिवर्तन हुनु जरुरी छ, अन्यथा हामी सधैं फोहोर ढल जस्तो भएर बस्नुपर्ने हुन्छ । हाम्रो मुलुकमा राम्रो मानिस, रकम भएका लगानीकर्ता, शीप भएका व्यक्तिहरू छन् । जुनसुकै सरकार आए पनि यिनीहरूलाई सक्दो सहयोग गरेर हौसला दिने हो भने विकास र सुशासनको सम्भावना छ । अन्य देश पनि हामीजस्तै अवस्थाबाट गुज्रिएका हुन् । अन्योल, द्वन्द्व, रोग, भोकमरीजस्ता समस्या अहिले विकसित भनिएका देशले पनि भोगेका हुन् । तर, उनीहरूले समस्यालाई सम्बोधन गर्न र थिति बसाल्न निकै शक्ति लगाए । हामीले भने त्यसो गर्न सकेका छैनौं । नेताहरू राम्रो गर्नुभन्दा नराम्रो गर्न प्रतिस्पर्धा गरिरहेको जस्तो लाग्छ । नेताहरू एकअर्कालाई गाली गर्नमा व्यस्त देखिन्छन् । उनीहरूको गालीको शब्द सुन्दा सर्वसाधारणलाई लाजसमेत लागेर आउँछ । तर, यस्ता नेताको पछि लाग्न कार्यकर्ताकोे भीड छ । तिनकै बोलवाला छ । त्यसैले देशमा कुशासन बढेको हो ।