कोरोनाको रोकथाममा थप निर्देशन

काठमाडौं । अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमित सेवा दिने व्यावसायिक क्षेत्रका कर्मचारीहरूले अब हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गर्दै अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुईपटक एन्टिजेन परीक्षण गर्न भनेको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बद्ध निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बद्ध निकाय वा संस्था आपैmले गर्नु पर्नेछ । त्यस्तै, आदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चिह्न वा लक्षण भएका व्यक्तिहरू अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो । पाँच दिन क्वारेन्टाइनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो । उक्त आदेशअनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रूपमा नै उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरू बढीमा २५ जना सहभागी रहने गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ । कोरोना संक्रमण तीव्र भएपछि सरकारले भीडभाड नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार आमसला, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ । पूर्वनिर्धारित परीक्षा यथावत् राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

बीमा कम्पनीलाई शेयरको प्रिमियम खर्च गर्न रोक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई शेयर (आईपीओ) विक्री गर्दा थप गरेको प्रिमियमबापत संकलित रकम तत्काल खर्च नगर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरूलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न स्वीकृति दिनु प्रचलित कानून र लगानीकर्ताको हितविपरीत रहेको भन्दै सच्याउन निर्देशन दिएपछि प्राधिकरणले कम्पनीहरूलाई पत्र पठाएर प्रिमियमबापत संकलित रकम खर्च नगर्न भनेको हो । ‘प्रिमियम मूल्यमा शेयर जारी गरेको विषयमा संसदीय समितिले छानबिन गरिरहेको छ,’ प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भने, ‘त्यसैले प्रिमियमबाट उठाएको रकम खर्च नगर्न निर्देशन दिएका हौं ।’ यसबारे संसदीय समितिको निर्णयपछि मात्र प्राधिकरणले थप निर्देशन दिने उनले बताए । पछिल्लो समय रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन रिइन्स्योरेन्स गरी पाँचओटा कम्पनीले प्रिमियम मूल्य थपेर सर्वसाधारणलाई शेयर बेचेका थिए । प्राधिकरणले ती कम्पनीहरूलाई प्रिमियमबापत संकलित रकमबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी बढाउन अनुमति दिएको थियो ।  लेखा समितिले भने ३ वर्षभित्र प्रिमियम मूल्यमा शेयर जारी गरेका कम्पनीहरूको छानबिन गर्न र दोषी देखिएका सम्बद्ध पदाधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।  १२ पुसमा संघीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बीमा ऐनविपरीत बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर बेचेको ठहर गरेको थियो । त्यसैगरी हिमालयन रिइन्स्योरेन्स कम्पनीले ऐनविपरीत शेयर जारी गरेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा समेत फैसला हुन बाँकी छ ।  अख्तियारको छानबिन र अदालतको फैसलाका आधारमा मात्र प्रिमियम बापत उठाएको रकमबारे निर्णय गरिने प्राधिकरणका प्रवक्ता पौडेलले बताए । ‘प्राधिकरणबाट थप निर्देशन नआएसम्म यथावत् अवस्थामा राख्न निर्देशन गरेका छौं,’ उनले भने, ‘संसदीय समितिको निर्देशन र अदालतको निर्देशनअनुसार आवश्यक निर्णय गर्छौं ।’

राष्ट्र बैंकद्वारा आयात रोक्न थप निर्देशन

काठमाडौं । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर छलफल गरेको हो । सो अवसरमा केन्द्रीय बैंकले विलासिताका सामग्री आयात शुन्यमा झार्न […]

अब मास्क नलगाउनेलाई होटल प्रवेश निषेध

अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै सुरक्षा मापदण्डको थप व्यवस्था गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो व्यवस्था गरेको हो। बुधबार सुरक्षा मापदण्डको थप निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ ।  होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नल

ब्याजदर नियन्त्रणमा राष्ट्र बैङ्कद्वारा थप निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई ब्याजदर नियन्त्रणका लागि नयाँ निर्देशन जारी गरेको छ । जसअनुसार अब सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर(कल निक्षेपबाहेक)को औसतमा बढीमा दश प्रतिशतले मात्रै परिवर्तन गरी निर्धारण गर्न सक्नेछन् । यसअघि प्रत्येक बैङ्कले अघिल्लो महिना तोकेको अधिकतम ब्याजदरबाटै १० प्रतिशतसम्म बढाउन […]

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

काठमाडौं । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन जारी गरेको हो । समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको नाममा निर्देशन जारी गरेर यस्तो निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई नै यस विषयमा बढी चनाखो हुन भनिएको उनको भनाइ छ । ‘निरीक्षणको क्रममा जीवन तथा निर्जीवन दुवै कम्पनीले उधारोमा बीमा पोलिसी विक्री गरेको पाइयो, जुन बीमा ऐनकै विपरीत हो,’ उनले भने, ‘हामीले २ महीनाअघि पनि कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न आन्तरिक रूपमा परिपत्र जारी गरेका थियांै । तर, यो प्रवृत्ति नरोकिएपछि अहिले कम्पनीका सीईओहरूलाई यस विषयमा चनाखो हुनु भन्दै निर्देशन नै जारी गरेका हौं ।’ विशेषगरी असार महीनामा बढी मात्रामा उधारोमा बीमा पोलिसी विक्री हुने गर्छ । आर्थिक वर्षको अन्तिम महीना भएकाले लक्ष्य पूरा गर्न असार महीनामा उधारोमा बीमा पोलिसी गर्ने गरेको पाइन्छ । त्यही कारणले यस विषयमा बीमा कम्पनीहरूलाई थप निर्देशन दिइएको अध्यक्ष सिलवालको भनाइ छ । बीमा ऐनअअनुसार कुनै पनि कम्पनीले बीमाशुल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । कम्पनीले बीमाशुल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ । तर, कम्पनीहरूले ऐनविपरीत उधारोमा बीमा पोलिसी विक्री गरेको समितिको विभिन्न निरीक्षण तथा अनुगमनले देखाएको थियो । बीमा ऐनले रोके पनि उधारो बीमा गर्ने र चेक नसाटिँदै बीमालेख जारी गर्नेजस्ता गतिविधिहरू बीमा कम्पनीहरूबाट भएको समितिको दाबी छ । बीमा समितिमा यससम्बन्धी उजुरी पनि आएको बताइएको छ । त्यसपछि समितिले यस विषयमा थप कदम उठाएको हो । अब यस्ता विषयमा कम्पनीहरूका सीईओ नै बढी जिम्मेवारी हुनुपर्ने समितिको निर्देशन छ । साथै, अबका दिनमा बीमाशुल्क बापतको पैसा प्राप्त भएपछि, चेकको रकम बैंक खातामा प्राप्त भएपछि मात्र कम्पनीहरूले बीमा पोलिसी जारी गर्नुपर्ने समितिको निर्देशन रहेको छ । साथै, अबका दिनमा उधारोमा बीमा पोलिसी जारी गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने समितिको भनाइ छ ।

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयद्वारा प्रदेशसभा विशेष समितिको निर्देशन अवज्ञा

बुटवल । लुम्बिनी  प्रदेशमा कृषि मन्त्रालयले अनुदान दिँदा भएको बेथिति र दुरुपयोग भएको ठहर गर्दै अनियमिततामा संलग्न अनुदानग्राही र कर्मचारीलाई कारवाही गर्न संसदीय समितिले मन्त्रालयलाई दिएको निर्देशन पालन नभएको पाइएको छ ।उक्त निर्देशन पालन नभएपछि  प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले आज थप निर्देशन  दिँदै ...

आचारसंहिता पालना सम्बन्धमा सरकारलाई थप निर्देशन

निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू निकायलाई थप निर्देशन/पत्राचार गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको सयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिको आजको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने सामग्रीको वितरणमा रोक लगाउन सम्बद्ध निकाय तथा तोकिएको अधिकारीलाई निर्देशन गर्न…

गृहमन्त्री शर्मा पश्चिमका बाढीग्रस्त क्षेत्रमा

गृहमन्त्री जनार्दन शर्मा बाढीग्रस्त क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुगेका छन् । यती एयरलाइन्सको विमान चार्टर गरी गृहमन्त्री शर्माको नेतृत्वमा १९ जनाको टोली आइतबार बिहान ९:१५ बजे त्यसतर्फ प्रस्थान गरेको हो । गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पीडितहरुलाई प्रत्यक्ष भेटघाट गरे । उनले उद्धारका लागि मातहतका निकायलाई थप निर्देशन गरेको उनको सचिवालयले जनाएको छ ।