अब मास्क नलगाउनेलाई होटल प्रवेश निषेध

अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै सुरक्षा मापदण्डको थप व्यवस्था गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो व्यवस्था गरेको हो। बुधबार सुरक्षा मापदण्डको थप निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ ।  होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नल

सम्बन्धित सामग्री

होटल तथा रेस्टुराँमा मास्क नलगाई आउनेलाई ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने

काठमाडौं : काठमाडौं उपत्यकामा विवाह, व्रतबन्धलगायतका धार्मिक कार्यमा २५ जनासम्म उपस्थित हुन पाउने भएका छन्।काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक समारोहमा २५ जनासम्म सहभागी हुन पाउने निर्णय गरेको जानकारी दिइन्। होटल तथा रेस्टुराँमा कोही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्

ललितपुर प्रशासनको आदेश- मास्क नलगाएका यात्रुलाई पाँच रुपैयाँ लिएर मास्क दिनू

४ माघ, काठमाडौं । ललितपुर जिल्लामा सन्चालित सार्वजनिक यातायातका साधनहरुमा मास्क नलगाएका व्यक्तिलाई प्रवेश निषेध गर्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज जारी गरेको २७ बुँदे नयाँ आदेशमा उक्त बुँदा पनि उल्लेख छ । यदि कुनै व्यक्ति मास्क नलगाई गाडी चढ्न आएमा त्यस्ता व्यक्तिसँग बढीमा पाँच रुपैयाँ लिएर […]

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन काठमाडौंको कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु भएको छ। कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य गराउन जनचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरेको हो । अभियानको सुरु गर्दै मेयर रमेश महर्जनले मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को समेत स्थापना गरिएको जानकारी दिनुभयो । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा […]

कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु [भिडियो]

कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’

कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ। कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सवै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको...

पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै  मङ्गलबारदेखि सो  व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिना मास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छाैँ ।”  मास्क नलगाएका व्यक्तिलाई  बोलाएर

मुखमा लगाउने मास्क प्रधानमन्त्री र राजदूतको चिउँडोमा

काठमाडौं। भारतीय दूतावासले आज एउटा तस्वीर ट्वीटरमा सेयर गरेको छ। तस्वीरमा प्रधानमन्त्री देउवा र भारतीय राजदूत विनय मोहन क्वात्रा देखिएका छन्। क्वात्राले प्रधानमन्त्री भएकोमा देउवालाई बधाई दिँदै फुलको गुच्छा दिएको तस्वीरमा देखिन्छ। दुवै जनाले तस्वीरमा मास्क चिउँडोमा लगाएका छन्। कोरोना नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा अनिवार्य मास्क लगाउन र दुई मिटरको भौतिक दूरी कायम गर्न भनिएको छ।

बालुवाटार बैठकः कालो मास्क निषेध !

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ । बैठकमा सहभागी सदस्य तथा समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ । कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ । एमालेले आइतबारका लागि आकस्मिक बैठक बोलाएको हो भने महाधिवेशन आयोजक समिति बैठक बस्नुअघि स्थायी समिति बैठक पनि बसेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना प्रवेश निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना जान निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र  अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको हो ।मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह गरिएको छ । आफन्तलाई विदाई गर्न जाँदा र लिन जाँदा मुख्य गेटबाटै फर्कन विमानस्थल प्रशास

कालो मास्क निषेध गरिएको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन, तस्बिरमा हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफू निकट नेकपाको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । सो सम्बोधनका क्रममा ओलीले सूर्य चुनाव चिन्ह आफ्नो भएको दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षको चर्को आलोचना गरे । सो कार्यक्रममा सहभागी हुनेहरुलाई कालो मास्क, गलबन्दी र टोपी समेत  लगाएर कार्यक्रम हलभित्र प्रवेश गर्न निषेध गरिएको थियो । ओलीमाथि साङ्केतिक रुपमा विरोध गर्न कालो लगाएर इतर पक्षका कार्यकर्ता हलभित्र पसेको हुनसक्ने आशंकाका कारण यसरी कालो लगाएर भित्र जान निषेध गरिएको बताइएको छ...