बीमा कम्पनीलाई शेयरको प्रिमियम खर्च गर्न रोक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई शेयर (आईपीओ) विक्री गर्दा थप गरेको प्रिमियमबापत संकलित रकम तत्काल खर्च नगर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरूलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न स्वीकृति दिनु प्रचलित कानून र लगानीकर्ताको हितविपरीत रहेको भन्दै सच्याउन निर्देशन दिएपछि प्राधिकरणले कम्पनीहरूलाई पत्र पठाएर प्रिमियमबापत संकलित रकम खर्च नगर्न भनेको हो । ‘प्रिमियम मूल्यमा शेयर जारी गरेको विषयमा संसदीय समितिले छानबिन गरिरहेको छ,’ प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भने, ‘त्यसैले प्रिमियमबाट उठाएको रकम खर्च नगर्न निर्देशन दिएका हौं ।’ यसबारे संसदीय समितिको निर्णयपछि मात्र प्राधिकरणले थप निर्देशन दिने उनले बताए । पछिल्लो समय रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन रिइन्स्योरेन्स गरी पाँचओटा कम्पनीले प्रिमियम मूल्य थपेर सर्वसाधारणलाई शेयर बेचेका थिए । प्राधिकरणले ती कम्पनीहरूलाई प्रिमियमबापत संकलित रकमबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी बढाउन अनुमति दिएको थियो ।  लेखा समितिले भने ३ वर्षभित्र प्रिमियम मूल्यमा शेयर जारी गरेका कम्पनीहरूको छानबिन गर्न र दोषी देखिएका सम्बद्ध पदाधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।  १२ पुसमा संघीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बीमा ऐनविपरीत बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर बेचेको ठहर गरेको थियो । त्यसैगरी हिमालयन रिइन्स्योरेन्स कम्पनीले ऐनविपरीत शेयर जारी गरेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा समेत फैसला हुन बाँकी छ ।  अख्तियारको छानबिन र अदालतको फैसलाका आधारमा मात्र प्रिमियम बापत उठाएको रकमबारे निर्णय गरिने प्राधिकरणका प्रवक्ता पौडेलले बताए । ‘प्राधिकरणबाट थप निर्देशन नआएसम्म यथावत् अवस्थामा राख्न निर्देशन गरेका छौं,’ उनले भने, ‘संसदीय समितिको निर्देशन र अदालतको निर्देशनअनुसार आवश्यक निर्णय गर्छौं ।’

सम्बन्धित सामग्री

सरकारी निकायलाई जथाभावी सफ्टवेयर बनाउन रोक

१२ भदौ, काठमाडौं । सरकारले  सरकारी निकायमा सफ्टवेयरहरुको अनावश्यक निर्माणलाई रोक लगाएको छ । विभिन्न बहानामा सफ्टवेयरहरु निर्माण गर्दा अनावश्यक खर्च भइरहेको निष्कर्ष निकाल्दै गत ५ भदौमा बसेको सचिवहरुको बैठकले जथाभावी सफ्टवेयर निर्माण गर्न नदिने निर्णय गरेको हो । मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले प्रयोगमा नआएका सफ्टवेयर हटाउने निर्णय पनि गरेको छ […]

बझाङको तलकोट गाउँपालिकाद्वारा आयातित खादा, ब्याज र मालामा रोक

बझाङ । बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही दिन अघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उदेश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीले बताए । पालिकाभित्र हुने विभिन्न किसीमका सार्वजनिक कार्यक्रमहरु संचालन […] The post बझाङको तलकोट गाउँपालिकाद्वारा आयातित खादा, ब्याज र मालामा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फजुल खर्च रोक

सरकारलाई यो वर्ष वित्त व्यवस्थापनमा निकै समस्या परेको छ । बजेटमार्फत राखेको लक्ष्यभन्दा धेरै कम राजस्व उठेपछि सरकार चालू खर्च धान्न पनि ऋण खोज्ने अवस्थामा पुगेको छ । समस्या गम्भीर छ र तत्काल समाधानको संकेत पनि देखिँदैन । तर, सत्तामा बस्नेहरूले फजुल खर्च गर्न भने छोडेका छैनन् । अर्थमन्त्रालयले प्रकाशित गरेका तथ्यांकहरूले सत्ताको चाबी हातमा […]

खर्च घटाउन सरकारी निकायमा बोतलको पानीमा रोक

काठमाडौं, माघ ६ । निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै यसअघि लगाएको नगद मार्जिनलाई हटाएको हो । राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ गते दुईपटक गरी ४८ […]

सर्वोच्चले ‘लुकायो’ निजगढ विमानस्थल निर्माणमा ‘रोक लगाउने आदेश’

काठमाडौँ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ। झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिनबढी नाघिसक्दासम्म सर्वोच्चले संक्षिप्त आदेश लुकाएको हो। ‘राष्ट्रको महत्वपुर्ण आदेशका बारेमा जानकारी लिनका […]

अर्बौ खर्च भइसकेको निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका छन्।...

निजगढ विमानस्थल निर्माण गर्न रोक लगाउनु दुखद : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउने प्रक्रियाका सबै कामलाई रोक लगाउनेगरी सर्वोच्च अदालतबाट फैसला आउनु दु:ख लाग्दो रहेको बताएका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष नेपालले विमानस्थल बनाउन रोक लगाउने कुरामा सबै राजनीतिक दल गम्भीर हुनुपर्ने बताए। उनले यदि तर्क तथ्यको आधारमा केके कुराले रोकेको हो? भन्दै प्रश्नसमेत गरे।उनले विमानस्थलको गहिरो अध्ययन गरेर अर्बौं रुपैयाँ खर्च भइसकेको अवस्थामा विमानस्थलमा रोक लगाउने विषयमा एक