काठमाडौं : दशैँ तिहारमा परिवारका सबैजसो सदस्य भेला हुने गर्छन्। यो समयमा परिवारका सदस्यले वर्षभरीका दुःख सुख साट्ने गरिन्छ। सँगै विदामा फिल्म हेरेर बिताउने धेरैको बानी हुन्छ। देशका सबै ठाउँमा फिल्म हल नभएकाले हलमै गएर नयाँ प्रदर्शन भइरहेका फिल्म हेर्न सबैलाई सम्भव हुँदैन। यस्तोमा इन्टरनेटमा रहेका पुराना तथा नयाँ फिल्म राम्रो विकल्प हुन सक्छन्। यहाँ केही माैलिक र रमाइला नेपाली फिल्मको बारेमा बताइएको छ जसले दशैँको विदामा परिवारसँग बसेर हेर्न र विदालाई स्मरणीय बनाउन सक्छन्