कालिका लघुवित्त र अजोड इन्स्योरेन्सको साधारण सभा मंगलवार हुँदै

वैशाख ६, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको साधारण सभा मंगलवार हुन लागेको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीले मंगलवार साधारण सभा गर्न लागेका हुन् । कालिका लघुवित्तले बिहान ८ बजे होटल टास्क इन्टरनेशनल प्रालि कास्कीमा साधारण सभा बोलाएको हो । सभाले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले सभा युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा बिहान ११ बजे गर्न लागेको हो ।  सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा दूई जनाको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित सामग्री

कालिका लघुवित्तले लाभांश विनानै बोलायो साधारण सभा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । यस वर्ष लाभांश वितरण नगर्ने कम्पनीले होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल पोखरा, कास्कीमा विहान ९ बजे सभा बोलाएको हो । गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक शेयरधनीको तर्फबाट एक नजा महिला सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि फागुन १४ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

कालिका लघुवित्त र विजय लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बुधवार समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपश्चात् विजय लघुवित्तको शेयर मूल्य रू. ६५८ दशमलव ३३ र कालिका लघुवित्तको रू. ६५९ दशमलव ६६ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कालिका लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ७८५ र विजय लघुवित्तको शेयर मूल्य रू. ७९० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बिहीवारदेखि  दोस्रो बजारमा यी दुवै कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

प्रस्तावित २० % लाभांश पारित गर्न कालिका लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा, कास्कीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३१ करोड २८ लाख ७५ हजारको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बोनस पछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले स्वीकृति गर्नेछ । कम्पनीले हाल कायम संस्थापक तर्फको ६४ दशमलव ५२ प्रतिशत शेयर स्वामित्व ५४ दशमलव ५२ प्रतिशतमा झार्ने र सर्वसाधारण तर्फको हाल कामय ३५ दशमलव ४८ प्रतिशत शेयर स्वामित्व ४५ दशमलव ४८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै संस्थापक तर्फबाट एक जना सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

नेप्सेमा ५ ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस २१, काठमाडौं । अलग - अलग पाँच ओटा कम्पनीको शेयरमूल्य बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।  नेप्सेले छ्याङ्दी हाइड्रोपावर, पोखरा फाइनान्स, मल्टिपर्पस फाइनान्स, कालिका लघुवित्त र जन उत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।  छ्याङदी हाइड्रोपावरले हकप्रद शेयर प्रयोजनका लागि र बाँकी चार कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकिदिएको हो । नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत, कालिका लघुवित्तको १३ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७ प्रतिशत बोनस शेयर र छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मंगलवार कायम अन्तिम शेयरमूल्यको आधारमा मूल्य समायोजन गरेको हो ।  समायोजनपछि नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य रू. २ हजार ३८३ दशमलव २०, कालिका लघुवित्तको रू. १ हजार १६३ दशमलव ७२, मल्टीपर्पस फाइनान्सको रू. ४१६ दशमलव ८१, पोखरा फाइनान्सको रू.४४० दशमलव ४३ र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य रू. ३९६ दशमलव १५ तोकेको छ ।  मंगलवार जन उत्थान सामुदायिक लघुवित्तको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ९७९ , कालिका लघुवित्तको रू. १ हजार ३१५, मल्टीपर्पस फाइनन्सको रू.४७१ ,पोखरा फाइनान्सको रू. ४७६ र छ्याङ्दी हाइड्रोपावरको रू. ४८५ कायम भएको थियो । जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पुस ३० गते साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनफाबाट प्रस्तावित २५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसमेत पारित गर्नेछ । त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पुस ३० गते बाह्रौँ वार्षिक साधारण सभामार्फत पारित गर्दैछ ।  त्यसैगरी, पोखरा फाइनान्सले हाल कायम चुक्तापूँजीको ८ दशमलव ०७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ० दशमलव ४३  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते, २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।  त्यस्तै, मल्टीपर्पस फाइनान्सले १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पुस ३० गतेनै २४औं वार्षिक साधारण सभामार्फत पारित गर्दैछ ।  छ्याङदी हाइड्रोपावरले भने हालसम्म ३० प्रतिशत हकप्रद शेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोजको मिति भने तय गरेको हो । पुस २० गतेसम्म कायम शेयरधनीहरु मात्र छ्याङ्दीको ३० प्रतिशत हकप्रद शेयर र अन्य चार कम्पनीहरुको लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २०, काठमाडौं । चार ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ ।  जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,कालिका लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको हो ।  कालिका लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले मंगलवार पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा महानगरपालिका -१० बुद्धचोक कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।  त्यसैगरी जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै पुस २० गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशलमव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल न्यू ईरा बुटवल उपमहानगरपालिका -९ कालिकापथमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी दिएको छ ।  त्यसैगरी पोखरा फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।   कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशलमव शून्य ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३०  गते दरबारथोक व्याक्वेंट बास्तोलाथर, पोखरा  ९ कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ । यस्तै मल्टीपर्पस फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै मंगलवासम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले केन्द्रीय कार्यालय राजवीराज, सप्तरीमा दिउँसो १ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ ।

आज यी दुई कम्पनीका साधारण सभा हुँदै

काठमाडौं, ७ बैशाख । आज दुई कम्पनीको साधारण सभा हुँदैछ । मंगलबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीको सभा हुन लागेको हो । कालिका लघुवित्तको आज बिहान देखि पोखराको होटल टास्क इन्टरनेशनलमा सभा भैरहेको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस बेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको […]