पुस २०, काठमाडौं । चार ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ ।
जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,कालिका लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको हो ।
कालिका लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले मंगलवार पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा महानगरपालिका -१० बुद्धचोक कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।
त्यसैगरी जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै पुस २० गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशलमव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल न्यू ईरा बुटवल उपमहानगरपालिका -९ कालिकापथमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी दिएको छ ।
त्यसैगरी पोखरा फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशलमव शून्य ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते दरबारथोक व्याक्वेंट बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।
यस्तै मल्टीपर्पस फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै मंगलवासम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले केन्द्रीय कार्यालय राजवीराज, सप्तरीमा दिउँसो १ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ ।