भूकम्पपछिको पुनर्निर्माणमा खटिएका प्राविधिकहरू आन्दोलनमा उत्रिएका छन् । कार्यक्षेत्र छाडेर जिल्ला सदरमुकाम आएका प्राविधिकले नियुक्तिपत्रमा उल्लेख भएबमोजिम सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरूले सोमबार जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा ताला लगाए थिए । प्राविधिकले लगाएको ताला प्रहरीले तत्कालै तोडेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफूहरूको मागलाई बेवास्ता गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको इन्जिनियर गणेश गिरीले बताए ।