काठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न अल्टिमेटम दिएको छ ।महानगरपालिका वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फनपार्कले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर नतिरेको महानगरपालिकाले जनाएको छ ।