काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन थालेको छ । बुधबार घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा पुग्यो । बुधबार पहिलो चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हो । महानगरले २–३ वर्ष देखि २८ वर्षसम्मको घर/जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ । ‘महानगरले पछिल्लो २&nda