भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा रहँदा आउनसक्ने स्वास्थ्यको जोखिमलाई ध्यान दिँदै उपचारका लागि अस्पताल र चिकित्सक टोली तयारी अवस्थामा राखिने भएको छ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा उक्त तयारी गरिएको हो। मोदीले भ्रमण गर्ने जनकपुर, मुस्ताङ र काठमाडौंका अस्पतालल...