कर्णाली प्रतिष्ठानको चिकित्सक टोली हुम्लामा

हुम्लामा कोरोना भाइरसको शंका उत्पन्न भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोेली हुम्ला पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा चिकित्सक टोली हुम्ला पुगेको हो। जुम्लाबाट गएको टोलीले हुम्लाको समग्र स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोरोना भाइरसबारे सचेतना फैलाउनेछ।

सम्बन्धित सामग्री

बाँकेबाट चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

१८ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरबाट चिकित्सकहरुको एक टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाट चढेर गएको हेलिकोप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा. मंगल रावलसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा …

प्रदेश सरकारले राहत र चिकित्सक टोली पठायो

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा गैरखाद्य सामग्री र चिकित्सक टोली पठाएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सेनाको टोली र जाजरकोटमा अपे्रेसन गर्ने चिकित्सक टोली प्रदेश सरकारले शनिवार विहान पठाएको हो ।

कर्णालीका सबै जिल्लामा स्वास्थ्यकर्मी परिचालन

कर्णाली प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाइरहेको सामाजिक विकासमन्त्री दल रावल बताउँछन्।कर्णाली प्रदेश अन्र्तरगत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको हो। सामाजिक विकासमन्त्री रावलका अनुसार प्रदेश सरकारले शनिबार डोल्पा स्वास्थ्यकर्मी पठाइसकेकोमा आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो। उनीहरुलाई एक महिनाका लागि पठाएको हो।

जाजरकोटका बिरामीको उपचारमा खटिए जुम्लाका चिकित्सक

दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।