भरतपुर महानगरको जग्गामा २ अर्ब खर्चेर निजी क्षेत्रले भरतपुर मेट्रो प्लाजा बनाउने भएका छन् । करिब २५ वर्ष सब्जी मण्डी सञ्चालन भएको भरतपुर–३ लायन्सचोक क्षेत्रमा सुविधासम्पन्न प्लाजा बनाउन महानगरले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणा बमोजिम ३० वर्षका लागि जग्गा भाडामा दिएको छ ।पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्लाजाको शिलान्यास गरेका छन् । […]