चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत् योजनाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको छ ।
भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन) को आज बुधवार शिलान्यास गर्दै उहाँले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाैँडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटीमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर स...