पेट्रोल र डिजेल सस्तियो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले शुक्रवार बिहानबाट लागू हुने गरी पेट्रोलको २ रुपैयाँ र डिजेल/मट्टीतेलको ४ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको निगमले जानकारी दिएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपालय लगायत वरपरका उपभोक्ताले पेट्रोलको लागि प्रतिलिटर १७० रुपैयाँ र डिजेल/मट्टीतेलका लागि १६० रुपैयाँ तिर्नुपर्नेछ ।  सुर्खेत र दाङका उपभोक्ताले पेट्रोलका लागि १६९ र डिजेल/मट्टीतेलका लागि १६९ रुपैयाँ तिर्नुपर्नेछ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले पेट्रोल १६७ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल १५७ रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले पाउने छन् । इन्डियन आयल कर्पोरेशनले आगामी १५ दिनका लागि ती वस्तुको मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य समायोजन गरेको हो । 

सम्बन्धित सामग्री

पेट्रोल र डिजेल सस्तियो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगमले शनिवार बिहानबाट लागू हुने गरी यी तीन थरी इन्धनको मूल्य ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो । नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपालय लगायत वरपरका उपभोक्ताले पेट्रोलको लागि प्रतिलिटर १६७ रुपैयाँ र डिजेल/मट्टीतेलका लागि १५७ रुपैयाँ तिर्नुपर्नेछ ।  सुर्खेत र दाङका उपभोक्ताले पेट्रोलका लागि १६६ र डिजेल/मट्टीतेलका लागि १५६ रुपैयाँ तिर्नुपर्ने निगमले जनाएको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले पेट्रोल १६४ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल १५४ रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले पाउने छन् । इन्डियन आयल कर्पोरेशनले आगामी १५ दिनका लागि ती वस्तुको मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य समायोजन गरेको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।

पेट्रोल र डिजेल ५ रुपैयाँ घट्यो

सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ५–५ रुपैयाँ घटाएको हो । त्यस्तै, तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाइएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटेको छ । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको […]

वीरगन्जका उपभोक्ताले पेट्रोल र डिजेल सस्तोमा पाउने गरी आयल निगमको नीतिगत निर्णय

वीरगन्ज क्षेत्रका उपभोक्ताले सस्तो मूल्यमा पेट्रोल र डिजेल किन्न पाउने गरी आयल निगमको सञ्चालक समिति बैठकले नीतिगत निर्णय गरेको छ । आयल निगमले बाराको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयबाट वीरगन्ज क्षेत्रका पम्पमा...

एउटै पाइपलाइनबाट यसरी ल्याउने तयारी हुँदै छ पेट्रोल र डिजेल

चार वर्षदेखि डिजेल मात्रै ढुवानी भइरहेको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ढुवानी गर्ने गरी आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पूर्वाधार तयार गरिरहेका छन् । पाइपलाइनबाट आगामी पुसबाट पेट्रोलसमेत आउने निश्चित भएपछि...

सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव युरोपेली संघबाट पारित

युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन् । उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित […] The post सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव युरोपेली संघबाट पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अब पेट्रोल १७८, डिजेल र मट्टीतेल १६५ रूपैयाँ प्रतिलिटर

काठमाडाैं : पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढेकाे छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको हाे।नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। यसअघि जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दस रूपैयाँ घटाएको थियो।सरकारले यसपालिको बजेटमार्फ

श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन । यसैबीच, सिलोनका धेर

भारतको तमिलनाडुमा दुलहा र दुलहीलाई साथीहरुले उपहारमा दिए पेट्रोल र डिजेल

रसिया युक्रेन युद्धका कारण अहिले विश्व बजारमा इन्धनको मूल्य बढेको छ। दक्षिण एसियाली राष्ट्रमा पनि इन्धनको मूल्य बढ्दो छ। माग बमोजिम इन्धन आयात हुन सकेको छैन। जसकारण पेट्रोल र डिजेल पाउन सकस छ। भारतमा पनि पेट्रोल र डिजेलको मूल्य बढ्दो छ। इन्धन भर्न पेट्रोल पम्पमा लाइन लागेको छ। कहिँकतै त…

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।...

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।  सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।  निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।