भारतको तमिलनाडुमा दुलहा र दुलहीलाई साथीहरुले उपहारमा दिए पेट्रोल र डिजेल

रसिया युक्रेन युद्धका कारण अहिले विश्व बजारमा इन्धनको मूल्य बढेको छ। दक्षिण एसियाली राष्ट्रमा पनि इन्धनको मूल्य बढ्दो छ। माग बमोजिम इन्धन आयात हुन सकेको छैन। जसकारण पेट्रोल र डिजेल पाउन सकस छ। भारतमा पनि पेट्रोल र डिजेलको मूल्य बढ्दो छ। इन्धन भर्न पेट्रोल पम्पमा लाइन लागेको छ। कहिँकतै त…

सम्बन्धित सामग्री

१० वर्षमा १० हजार मेगावाट बिजुली

विद्युत् निर्यातबाट आर्थिक रूपान्तरणको सपना देखिरहेको नेपालका लागि भारतले १० वर्षमा १० हजार मेगावाट (मेवा) बिजुली किन्ने विषयलाई त्यहाँको मन्त्रिपरिषद् बैठकले सहमति दिनु उत्साहको विषय हो । यसबाट भारततर्फ बिजुली निर्यात सम्भावनाको ढोका खोल्ने देखिन्छ । त्यसैले यो निकै सकारात्मक समाचार हो नेपालको जलविद्युत् क्षेत्रका लागि । तर, १० वर्षमा १० हजार मेवा बिजुली उत्पादन गर्ने सामथ्र्य नेपालसँग छ कि छैन, भारतले आफ्नो लगानीको मात्रै बिजुली किन्ने हो कि अन्यको लगानीको पनि उत्पादन किन्ने भनेको हो ? र, नेपालले निर्यातलाई मात्रै प्राथमिकता दिने कि आन्तरिक उपभोगलाई उच्च प्राथमिकता दिनुपर्ने हो जस्ता प्रश्न यसले उठाएको छ । भारतको मन्त्रिपरिषद्ले गरेको निर्णय के हो भन्ने अझै स्पष्ट छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा पनि यसबारे कुनै लिखित सहमति भएको देखिँदैन । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलनमा यो जानकारी दिएका थिए । यस्तोमा भारतले नेपालको बिजुली लैजानेबारे केकस्तो शर्त र प्रावधान राखेको भन्ने सार्वजनिक भएको छैन । जेजस्तो भए पनि खेर गइरहेको पानीबाट बिजुली निकाली भारतलाई बेच्न सकियो भने त्यसले भारतसँगको व्यापारघाटालाई कम गर्न पक्कै मद्दत गर्छ ।  अहिले ऊर्जा सम्मिश्रणको नीतिअनुसार नदीप्रवाही आयोजना पर्याप्त देखिएको भन्दै आयोजना प्रवद्र्धकहरूसँग विद्युत् खरीद सम्झौता गर्न आलटाल र आनाकानी गरिरहेको छ । नेपालले १० वर्षभित्र १५ हजार मेवा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको पनि ५ वर्ष भइसकेको छ । यो अवधिमा लक्ष्यअनुसार कतिपय आयोजना बनिसक्नुपर्ने हो । तर, लक्ष्यको अनुपातमा उत्पादन भएको देखिँदैन । जति उत्पादन भएको छ त्योमध्ये वर्षायाममा ४५० भन्दा बढी मेवा विद्युत् खेर जाने अवस्था आएको थियो । तर, त्यो बढी भएको बिजुली अहिले भारतलाई बेच्ने गरिएको छ । यो सकारात्मक शुरुआत हो । नेपालकै लगानीमा १५ हजार मेवा बिजुली निकाल्न झन्डै ३३ खर्ब लाग्ने आकलन विज्ञहरूले ५ वर्ष अघि गरेका थिए । त्यतिको रकम स्वपूँजी र बैंकहरूको ऋणबाट लगानी गर्न असम्भव नै चाहिँ देखिँदैन । तर, यसका लागि बजारको सुनिश्चितता पहिलो शर्त हो । अहिले ऊर्जा सम्मिश्रणको नीतिअनुसार नदीप्रवाही आयोजना पर्याप्त देखिएको भन्दै आयोजना प्रवद्र्धकहरूसँग विद्युत् खरीद सम्झौता गर्न आलटाल र आनाकानी गरिरहेको छ । ७ हजार मेवाभन्दा बढी आयोजनासँग खरीद सम्झौता नभएको बताइन्छ । यस्तोे कार्यशैलीले १० वर्षमा १० हजार बिजुली निर्यात सजिलै हुन्छ भन्न सकिँदैन । यद्यपि यसमा भारतीय कम्पनीले उत्पादन गर्ने बिजुलीको हिस्सा निकै ठूलो हुने देखिन्छ । नेपालले विद्युत् निर्यातका साथै आन्तरिक खपतलाई पनि उत्तिकै महत्त्व दिनु जरुरी छ । जति प्रतिव्यक्ति आम्दानी बढ्छ त्यति बिजुली खपत बढ्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै जति विद्युत् आपूर्ति नियमित र स्तरीय बन्दै जान्छ खपत पनि त्यही अनुपातमा बढ्छ भन्ने कुरा लोडशेडिङको अवस्था र अहिलेको अवस्थाले देखाएकै छ । लोडशेडिङका बेला मानिसहरूले ग्यासबाट चल्ने घरायसी उपकरण बढी किन्थे भने अहिले त्यसलाई विद्युतीय उपकरणले विस्थापित गरिसकेको छ । अत: नेपालले आन्तरिक खपतका लागि पनि उच्च प्राथमिकता दिनैपर्छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा एकातिर बिजुली खपत बढ्छ भने अर्कातिर पेट्रोल र डिजेल आयातलाई प्रतिस्थापन समेत गर्छ । त्यस्तै इन्डक्शन चूल्होले ग्यासको खपत घटाउँछ । यो भन्दा पनि औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युतीय आपूर्ति बढाउनेतिर लाग्नुपर्छ किनभने एउटै उद्योगले ठूलो परिमाणमा बिजुली खपत गर्छ । सिमेन्ट र रड उद्योगलाई मात्रै बिजुली नियमित दिन सकियो भने औद्योगिक खपत बढ्छ । त्यसैले भारतले बिजुली लैजान्छु भन्छ भने त्यो निकै सकारात्मक हो । तर, आन्तरिक खपतलाई पनि उत्तिकै प्राथमिकता दिएर वर्तमान वितरण प्रणालीलाई सुधार गर्नु आवश्यक देखिन्छ ।

भारतमा किया सेल्टोस फेसलिफ्ट कार सार्वजनिक, ३२ प्रकारका सुरक्षा सुविधा !

भारत । किया इन्डियाले भारतमा मध्यम आकारको SUV Seltos को फेसलिफ्टेड संस्करण सार्वजनिक गरेको छ । नयाँ कार प्यानोरामिक सनरुफ, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम लेभल टु (एडीएएस-२) र ३२ भन्दा बढी सुरक्षा सुविधाहरूसहित आउने जनाइएको छ । यसबाहेक कारको बाहिरी डिजाइन र भित्री भागमा केही परिवर्तन गरिएको छ । Seltos फेसलिफ्टको लागि बुकिङ जुलाई १४ मा शुरू हुनेछ । कम्पनीले कारको मूल्य भने अझै खुलाएको छैन । कारको शुरु मूल्य भारतीय १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । कार तीन भेरियन्ट एक्स-लाइन, जीटी-लाइन र टेक-लाइनमा उपलब्ध छ । कारमा ८ कलर र २ डुअल टोन कलर विकल्प हुनेछन् । मध्यम आकारको एसयूभी सेग्मेन्टमा यसले मारुती ग्रान्ड भिटारा, हुन्डाई क्रेटा, स्कोडा कुशाक, टोयोटा हाइराइडर, फक्सवागन टिगुन, एमजी एस्टर र सिट्रोन सी-३ एयरक्रससँग प्रतिस्पर्धा गर्नेछ । किया सेल्टोस फेसलिफ्ट  सेल्टोसमा १८ इन्चको ह्वील, डुअल जोन क्लाइमेट कन्ट्रोल, एलईडी लाइट, भेन्टिलेटेड सिट, वायरलेस चार्जिङलगायत सुविधा रहेको कम्पनीको दाबी छ । २०२३ किया सेल्टोस फेसलिफ्टले सिमलेस डुअल डिस्प्ले पाउनेछ, एउटा इन्फोटेनमेन्टको लागि र अर्को इन्स्ट्रुमेन्ट क्लस्टरको लागि ।  किया सेल्टोस फेसलिफ्ट : बाहिरी डिजाइन  कोरियन कम्पनीले चार वर्षपछि सेल्टोस अपडेट गर्दैछ । हालको मोडलको तुलनामा २०२३ किया सेल्टोसमा धेरै परिवर्तन गरेको छ । टिजरले कारको ORVM पछि अगाडि प्रोफाइलमा नयाँ डिजाइन गरिएको ग्रिल र आकर्षक देखिने LED डेटाइम रनिङ ल्याम्पहरू (DRLs) रहेको छ।  किआ सेल्टोस फेसलिफ्ट : इन्टेरियर डिजाइन सेल्टोस फेसलिफ्टको केबिनले नयाँ जडान भएको डुअल डिजिटल डिस्प्ले सेटअप छ, जसमा इन्फोटेनमेन्ट प्रणाली र सबै नयाँ डिजिटल कलर TFT इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसको स्टेयरिङ ह्विल हालको मोडल जस्तै देखिन्छ तर नयाँ सेन्ट्रल एसी भेन्टमुनि रहेको डुअल जोन क्लाइमेट कन्ट्रोल युनिटको डिजाइन परिवर्तन गरिएको छ । यसबाहेक, कार अब डुअल प्यानोरामिक सनरुफले सुसज्जित हुनेछ । किया सेल्टोस फेसलिफ्ट : इन्जिनमा विकल्प  2023 Seltos हालको मोडेल जस्तै १.५ लिटर ४ सिलिन्डर पेट्रोल र डिजेल इन्जिनद्वारा संचालित हुनेछ । यो इन्जिनले पेट्रोलमा ११५ पीएस र डिजेलमा ११६ पीएस पावर उत्पादन गर्छ । ट्रान्समिसनका लागि पेट्रोल इन्जिनमा ६ स्पीड एमटी र सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध छ भने डिजेल इन्जिनमा ६ स्पीड आईएमटी र ६ स्पीड एटी गियरबक्सको विकल्प मात्र उपलब्ध हुनेछ । कारले १.४ लिटर टर्बो पेट्रोल इन्जिनको सट्टा किआबाट प्राप्त १.५ लिटर टर्बो पेट्रोल इन्जिन पनि पाउनेछ, जसले १६० पीएस पावर र २५३ एनएम टर्क जेनेरेट गर्छ । यस इन्जिनमा ६ स्पीड आईएमटी र ७ स्पीड डीसीटी गियरबक्स उपलब्ध हुनेछन्। २०२३ किया सेल्टोसका सुविधाहरू  यसमा स्वायत्त आपतकालीन ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट पत्ता लगाउने जस्ता थप कुराहरू समावेश हुन सक्छन् । ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, एबीएस विथ ईबीडी, ट्र्याक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, चाइल्ड आईएसओफिक्स एन्कोरेज जस्ता अन्य सुरक्षा सुविधाहरू पनि उपलब्ध छन् । यसका अलावा कारमा पहिलेजस्तै भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुविधाहरू पनि उपलब्ध हुनेछन् ।

वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं । उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र वर्षा हुने समय पर्खिनुको विकल्प नभएको हो । यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने देखिन्छ । हिमालको फेदको हिउँ चैत/वैशाखमै पग्लिसकेको छ । माथिल्लो भेगको हिउँ ढिलोमा जेठ दोस्रो सातादेखि पग्लिन थाल्छ । त्यसपछि खोला/नदीमा पानीको मात्रा बढ्छ । खोलामा पानी बढेपछि विद्युत् उत्पादन स्वतः बढ्छ । त्यही आधारमा जेठ दोस्रो सातापछि विद्युत् आपूर्ति सामान्य हुने नेपाल विद्युत् प्राधिकरणले बताइरहेको हो । प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जेठ दोस्रो सातादेखि विद्युत् आपूर्ति सहज हुने बताए । ‘जेठ दोस्रो सातादेखि हिउँ पग्लिन थाल्छ र खोलामा पानीको मात्रा पनि बढ्छ,’ उनले भने, ‘त्यसपछि विद्युत् आपूर्तिमा हामी सहज अवस्थामा पुग्छौं र स्वदेशी उत्पादनले नै बजारको माग पूरा गर्न सक्छौं ।’ असारपछि वर्षा शुरू हुन्छ, त्यो बेला खोलामा पर्याप्त मात्रामा पानी हुन्छ । त्यसपछि बिजुली भारत निर्यात नै गर्न सकिने प्राधिकरणको भनाइ छ । राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता २ हजार मेगावाटभन्दा बढी छ । खोलामा पानी कम हुँदा अहिले ८०० मेगावाट हाराहारीमात्रै उत्पादन भइरहेको छ । यही बेला माग चाहिँ १ हजार ६०० मेगावाट छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण हिउँदमा खोलामा पानी घट्दा विद्युत् उत्पादन स्वतः कम हुन्छ । वर्षामा भने पूर्ण क्षमतामा उत्पादन हुन्छ । खोलामा पानीको मात्रा कम भएर स्वदेशी उत्पादन घटेपछि प्राधिकरणले भारतबाट बिजुली ल्याएर माग धानिरहेको थियो । पछिल्लो समय भारतमै विद्युत् उत्पादन घटेको छ । भारतमा कोइलाबाट उत्पादन हुने विद्युत्को अंश बढी छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय विश्वभर कोइला अभाव भएको छ । त्यसको असर भारतको विद्युत् उत्पादनमा परेको हो । भारतमै उत्पादन घटेपछि प्राधिकरणले त्यहाँबाट पर्याप्त मात्रामा बिजुली ल्याउन सकेको छैन । र, गत हप्तादेखि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ शुरू गरेको छ । अहिले प्राधिकरणले घरायसी ग्राहकलाई भने २४सै घण्टा बिजुली दिइरहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती भइरहेको छ । त्यसलाई कम गर्न प्राधिकरण प्रयत्नशील रहे पनि नजीतामूलक काम भएको छैन । लोडशेडिङ हुन थालेपछि औद्योगिक क्षेत्र मारमा परेको छ । इन्धन र बिजुली उद्योगलाई नभई नहुने चिज हुन् । अहिले पेट्रोल तथा डिजेल जस्ता इन्धनको मूल्य पनि आकाशिएको छ । यही बेला लोडशेडिङ हुन थालेपछि उद्योग सञ्चालन प्रभावित भएको व्यवसायी बताउँछन् । ऊर्जा अभावले उद्योगहरू घाटामा जाने र अन्ततः बन्दै हुने डर व्यवसायीलाई छ ।

विद्युतीय सवारी साधन बन्न सक्छ समृद्धिको आधार

पेट्रोल र डिजेल नचाहिने, धूवाँ नफाल्ने र ध्वनिलगायतका अन्य प्रदूषणहरू नगर्ने भएकाले विद्युतीय सवारी साधनको माग विश्वभरि बढ्दो छ । चीन, भारत र युरोपेली देशहरूले सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नगर्र्नेे घोषणा गरिसकेबाट अबको भविष्य विद्युतीय सवारी साधनको हुने निश्चित छ । तर, विद्युतीय सवारी साधनहरूबाट उत्पन्न हुने विकिरणबाट जोगिन समयमा […]

भारतमा डिजेल पेट्रोलको भाउ अहिलेसम्मकै महँगो

कात्तिक १४, नयाँ दिल्ली (भारत) । भारतमा डिजेल र पेट्रोलको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतवार लगातार पाँचौ दिन पनि भाउ बढेपछि देशभर पेट्रोलियम पदार्थ महँगिएको हो । सरकारी तेल कम्पनीहरुले आइतवार डिजेल र पेट्रोल दुवैको भाउ प्रतिलिटर ३५ पैसा बढाएका छन् । योसँगै दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपया ३४ पैसामा पुगेको छ । डिजेलको भाउ पनि ९८ रुपया ७ पैसा भएको छ । मुम्बईमा पनि डिजेल र पेट्रोल क्रमशः प्रतिलिटर ११५ रुपया १५ पैसा र १०६ रुपया २३ पैसा भएको छ । देशको बाहिरी क्षेत्रहरुमा पेट्रोल र डिजेल झनै महँगो छन् । मध्य प्रदेशको सीमा नजिक रहेको  जिल्लामा पेट्रोलको भाउ १२१ रुपया माथि पुगिसकेको भन्दै प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले समाचार छापेको थियो । बिगत ३७ दिन मध्ये २९ दिनमा डिजेल महँगो भएको छ । यस अवधिमा दिल्लीमा डिजेलको भाउ प्रतिलिटर ९ रुपया ५५ पैसाले बढेको छ । पेट्रोल पनि अघिल्ला ३३ दिनमध्ये २६ दिनमा बढेको छ । यस अवधिमा यसको भाउ प्रतिलिटर ८ रुपया १५ पैसा बढेको छ । एजेन्सी

निषेधाज्ञाको मौका छोपेर पेट्रोल र डिजेल नेपालबाट भारत तस्करी

कडा निषेधाज्ञाको अवधिमा पनि सीमा क्षेत्रबाट इन्धन तस्करी चलिरहेको पाइएको छ। सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २४ ड्रम पेट्रोलियम पदार्थ फेला पारेपछि तस्करीबारे खुलेको हो।

मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

११ फागुन, काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’ भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको […]