फागुन १३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) ले लिलामी शेयरको विक्री स्थगित गरेको छ ।
नेपाल धितोपत्र बोर्डको पत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि लिलामी विक्री बन्द गरिएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले फागुन १ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा विक्री नभएको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।