यस महिनाको सुरुवातमा बोस्टनको एउटा लिलामी घरमा दुर्लभ चिजको लिलामी गरियो । यसमा एउटा विशेष स्याम्पल बेच्नका लागि राखिएको थियो । अब नासाले यसको लिलामी रोकियोस् भन्ने चाहना राखेको छ । लिलामीमा राखिएको यो चिज नासाले संघीय सरकारको भएको दाबी गरेको छ ।जुन चिजको यहाँ कुरा गरिएको छ, त्यो साङ्लोको अवशेष हो जसलाई अपोलो ११ मिसनबाट ल्याइएको चन्द्रमाको माटो खुवाइएको थियो । सन् १९६९ मा जब निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिनले पहिलो पटक चन्द्रमामा कदम राखेका थिए तब फर्किँदा उनीहरुले चन्द्रमाबाट माटो ल्याएका थिए । च